खड्पु – धुलिखेल नगरपालिका वडा न ५ खड्पु पुरानो बजार नारायणथानमा खुल्ला ब्यायामशाला बिहिवार बाट सन्चालन भएको छ ।
बुधबार धुलिखेल नगरपालिकाको मेयर अशोक कुमार ब्यन्जुले उद्धघाटन गरिएको थियो । बिहिवार मेयर ब्यन्जुले उद्धघाटन गरे सङै उक्त ब्यायामशालामा वृद्ध देखि बालबालिका सम्मा आकर्षण बढेकाछन । मेयर ब्यन्जुले उद्धघाटन गर्दै ब्यायामशाला धुलिखेलका १२ वटै वडामा निर्माण गरिने पहिलो पटक धुलिखेल ५ श्रीखण्डपुर बजारमा राखिएको बताए । बालबालिका देखि जेष्ठ नागरिकसम्म सबै उमेर समुहका ब्यक्तिहरुले प्रयोग गर्न सक्ने गरी खुल्ला ब्यायामशाला निर्माण गरिएको ब्यन्जुले बताए । यो उपयोग गरेर सबै उमेर समुहले आफू स्वास्थ रहन थप मद्धत मिल्ने मेयर ब्यन्जुले भने ।
ब्यायामशालामा विहान र बेलुकाको समयमा ब्यायाम गर्ने नागरिकहरुको भिड लाग्न थालेको वडा अध्यक्ष प्रमोद सुन्दर श्रेष्ठले बताए । सबै नागरिकहरु स्वस्थ रहन ब्यक्तिगत रहनसहन र जीवनशैली परिवर्तनका लागि बौद्धिक ब्यस्ततासँगै शारिरिक ब्यायाम आवश्यक पर्ने भएकाले त्यसका लागि सहज र सरल उपयोग गर्न वडाको साथ रहेको अध्यक्ष श्रेष्ठले बताए । वडा नम्वर ५ लाई हरेक हिसावले सम्पन्न बनाउँदै लैजाने उदेश्य अनुरुप सम्पदा संरक्षण, पुर्ननिर्माण, पार्क निर्माण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा विभिन्न पूर्वाधार निर्माणको काम भएको बताए । खुल्ला ब्यायामशाला निर्माणमा सहयोग गर्ने धुलिखेल नगरपालिकालाई विशेष धन्यवाद दिदै आगामी दिनमा वडाको विकासका लागि निरन्तर समन्वय र सहयोगको अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
धुलिखेल नगरपालिका बाट ५ लाख र वडा कार्यालय मार्फत २ लाख ५० हजार नगद सहित जनश्रमदान समेत गरी १० लाख खर्च भएको वडा सदस्य भुवन श्रेष्ठले बताए । पार्कमा बृद्ध देखि बालबालिका सम्मलाइ १८ प्रकृतिका अभ्यास सामाग्री रहेको वडा सदस्य श्रेष्ठले बताए । उक्त ब्यायामशालामा बनेपा, धुलिखेल र विभिन्न स्थानहरु बाट बिहान र बेलुकी पख ब्यायाम स्थलमा पुग्ने गरेकाछन ।
तपाईको प्रतिक्रिया