हरेक कुरामा अब्बल बन्दै नाईटिङ्गेल एकेडेमी

काभ्रेपलाञ्चोक जिल्लाको अब्बल शैक्षिक संस्थाको रुपमा विकास भैरहेको नाईटिङ्गेल एकेडेमी बनेपा–१० काभ्रेपलाञ्चोकले स्पोर्ट मिट २०८३ औपचारिक रुपमा बिहीबारबाट सुरु भएको छ ।
नीजि तथा आवशिय विद्यालय अग्रनाईजेशन -प्याब्सन) का उपमहासचिव भिमसेन केसीले गर्नुभयो । उहाँले नाईटिङ्गेल एकेडेमी जस्ता अब्बल संस्थाको कारणले प्याब्सनको उचाई थपिएको बतानुभयो । उहाँले भोटेकोशी बाढीमा प्याब्सन आबद्ध संस्थाले खुलेर सहयोग गरेको बताउनुभयो ।
स्पोर्ट मिटमा बनेपा नगरपालिका वडा नं १० का अध्यक्ष चन्द्रबहादुर खड्काले आफ्नो वडामा रहेको यो संस्थाले योग्य नागरिक र जनशक्ति उत्पादन गरिरहेको उल्लेख गर्नुभयो ।
विद्यालयका प्रिन्सिपल उमा बस्नेतले स्पोर्ट मिटले विद्यार्थीको प्रतिभा बाहिर ल्याउने काम गरेको बताउनुभयो । उहाँले शिक्षकशिक्षिका र विद्यार्थीको मेहनत र अभिभावकको उत्प्रेरणाले विद्यालयले यो अवस्थामा आएको बताउनुभयो ।
विद्यालयका अध्यक्ष रत्नकुश रंजितकारले आफूहरुले काभ्रेमा केही नयाँ गरौ भनेर न्यूनतमशुल्कमा उच्च स्तरीय शिक्षा प्रदान गरिरहेको उल्लेख गर्नुभयो । उहाँले शिक्षामा गुणस्तर, अतिरिक्त कृयाकलापमा प्रोत्साहनको कार्य गरिरहेको बताउनुभयो । सो अवसरमा विद्यार्थीले मार्च पास, विभिन्न कलाकौशलको प्रर्दशन गरेका थिए ।

तपाईको प्रतिक्रिया