बेथानचोक/ खेलकुद प्रतियोगिता मार्फत युवालाई एकजुट बनाउँदै आएको काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा आठौँ वडा स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता बिहीबार सुरु भएको छ । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले एक विशेष समारोहका बीचमा प्रतियोगिताको सुभारम्भ गर्नुभयो ।
अधिकारीले बेथानचोक गाउँपालिका र यहाँका युवाहरूलाई समेट्दै खेलकुद क्षेत्रसँग जोड्ने बताउनुभयो । उहाँले युवाहरूको प्रतिभा र क्षमतालाई उजागर गर्न खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै गाउँपालिकाले खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनमा जोड दिने धारणा व्यक्त गर्नुभयो ।
बेथानचोक गाउँपालिका वडा नं. ५ कामीडाँडास्थित नाकपोखरी खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, वडा नं. ५ का वडा अध्यक्ष राजकुमार वाईवा, वडा नं. ४ का वडा सदस्य दिलकुमारी तामाङ, वडा सदस्य कर्ण तामाङ तथा गाउँपालिकाको युवा तथा खेलकुद शाखा प्रमुख अर्बिन तिमल्सिनालगायतको सहभागिता रहेको थियो ।
प्रतियोगिताअन्तर्गत पहिलो खेल के एम सी सिर्जनशील युथ क्लब र बुढामाङ्कल ब्वाइज क्लब, भंगालाबीच सुरु भएको छ । स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूको प्रतिभा पहिचान, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा आपसी सद्भाव र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
बेथानचोकमा वडास्तरीय फुटवल प्रतियोगिता
2026-11-05T14:59:44+05:45

तपाईको प्रतिक्रिया