
महादेवस्थान÷संसारभर आफ्नो गला र कलाको माध्यमबाट धार्मिक प्रवचनमा सकृय देवी प्रतिभा अर्थात प्रतिभा पराजुलीको चर्चा निक्कै चुलिएको छ । २३ बर्षकै कलिलो उमेरमा आफ्नो दिव्य प्रवचन मार्फत कहलिनु भएको उहाँ नेपालको एउटा प्रतिभा हो जसले नेपाललाई संसारभर चिनाउन सहयोग पु¥याईरहनु भएको छ ।
सामाजिक संञ्जालमा निक्कै चर्चामा हुनुहुन्छ देवी प्रतिभा अर्थात प्रतिभा पराजुली । भारतमा केन्द्रीत रहेर धार्मिक प्रवचन दिनुहुने उहाँ निक्कै लोकप्रिय हुनुहुन्छ । लाखौं फ्यान फलोअर्स रहनु भएको उहाँको जन्मस्थान भने नेपाल हो । नेपालको काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १० साविकको चण्डेनी मण्डनमा ब्राम्हण परिवारमा जन्मनु भएको उहाँ नेपाललाई भारतमा प्रचार गरिरहनु भएको छ ।
पाशुपत क्षेत्र, वनकाली काठमाडौंमा यतीबेला कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ चलिरहेको छ । साउन १ देखि ३२ गतेसम्म हुने कोटीहोममा नेपालका साथै विदेशमा ख्याती कमाएका प्रख्यात पाँच जना कथावाचकहरुले प्रवचन दिइरहनु भएको छ । त्यो मध्ये देवी प्रतिभाको प्रवचनले यतीबेला सबैको ध्यान आकर्षित गरेको छ । उहाँको प्रवचन सुन्न मानिसहरु बस भाडामा लिएर जाने गर्नु भएको छ । महायज्ञमा प्रवचन दिन उहाँ नेपालमा हुनुहुन्छ । सोही मौकामा काभ्रेपलाञ्चोक जिल्लाको तर्फबाट उहाँलाई सम्मान र अभिनन्दन गरिदै छ ।

सामाजिक संञ्जालमा लाखौं फलोअर हुनुभएको देवी प्रतिभाको चर्चा सबैभन्दा धेरै छ । मुलधारका संचारमाध्यमले उहाँसँग अन्तरवार्ताको लागि समय मागीरहेका छन् । उहाँका जीवनउपयोगी प्रवचनलाई धेरैले प्रशंसा गरिरहनु भएको छ । उहाँले जीवन र जगतको बारेमा आफ्नो प्रवचन मार्फत सामाजिक उत्प्रेरणा जगाउने कार्य गरिरहनु भएको छ ।
२३ वर्षको उमेरमै उहाँको व्यस्तता अचम्मकै छ । अहिले उहाँको सन् २०२६ सम्म आफ्नो समय तालिका बनिसकेको छ । विशेष गरेर भारतमा हुने प्रवचनमा उहाँ सहभागी हुनुहुन्छ । उहाँ नेपालको चेली हो । उहाँ सदैव भारतमा नेपालमा प्रचारमा केन्द्रीत हुँदै आउनु भएको छ । उहाँले नेपालको महत्व भारतमा बुझाइरहनु भएको छ । नेपाल भ्रमणको निम्तो दिने गर्नुहुन्छ । पशुपतिनाथको महिमा, भ्रमण बर्षको प्रचारसँगै नेपालको महत्वको बारेमा त्यहाँका भक्तजनलाई नेपाल भ्रमणको आव्हान गर्नुभएको छ ।
सामाजिक संजाल फेसबुक र युट्युवमा उहाँलाई पछ्याउनेहरु लाखौं छन् । भारतका हजारौं प्रवचकहरुमध्ये उनी उत्कृष्ट तीन बाचिकामा पर्नुहुन्छ । संस्कृत व्याकरणमा आचार्यसम्मको अध्ययन पुरा गर्नुभएको उहासँग गीतसंगीतमा पनि निपूर्ण हुनुहुन्छ । सुमधुर स्वरकी धनी प्रतिभाको अहिले एउटा राष्ट्रसेवा नामक ट्रष्ट पनि रहेको छ । युवा पुस्ता धर्म र अध्यात्मबाट अलग हुन खोजीरहेका युवाका लागि उहाँ प्रेरणाको स्रोत समेत बन्नु भएको छ । उहाँ प्रेरणाको पुञ्जका रुपमा स्थापित बन्नु भएको छ ।

उहाँको परिवार नै पण्डित हो । उहाँको जिजुबुबा पं. दिवाकर पराजुली, हजुरबुबा पं भरतमणि पराजुली काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा नाम कहलिएका पण्डितका रुपमा हुनुहुन्थ्यो । उहाँको परिवारमा एउटा अचम्मको संयोग पनि मिलेको छ । संयोग के छ भने जिजुबुबा र हजुरबुबा पनि माइला भाइ र उहाँको बुबा साधुराम पराजुली पनि माइला र उहाँ स्वयं पनि माइली छोरी हुनुहुन्छ ।
काभ्रेपलाञ्चोक जिल्लामा जन्मिएर छोटो समयमै भारतका विभिन्न प्रान्तहरुमा आध्यात्मिक प्रवचन दिइरहनु भएको प्रतिभा पराजुली अर्थात् देवी प्रतिभाको चर्चा अत्याधिक रुपमा चुलिएको छ ।
पढाइको शिलशिलामा काठमाडौंको बाल्मिकी विद्यापिठमा पनि केही समय अध्ययन गर्नुभयो । पछिल्लो एक दशकदेखि उहाँ भारतको बृन्दावनमा अध्ययनकै शिलशिलामा पुग्नुभयो ।

उतैबाट यसक्षेत्रमा प्रवेश गरेपछि सयौं ठाउँमा प्रवचन दिनुभएको छ । आगामी दिनमा पनि यसैलाई निरन्तरता दिने उहाँको सोच छ । कथा वाचनको शिलशिलामा सात वर्षपछि नेपाल आएकी प्रतिभालाई आफू अध्यात्म क्षेत्रमै काम गर्नको लागि जन्मिएको उल्लेख गर्नुभयो । उहाँले हरेक प्रवचनमा आफ्नो माता र पिताको कारणले यो अवस्थामा पुग्न सफल भएको उल्लेख गर्नुहुन्छ ।
यतिबेला जहाँ जहाँ कार्यक्रम हुन्छ उहाँलाई पछ्याउनेहरुको अत्याधिक भीड लाग्छ । त्यसैले दर्जनभन्दा बढी सुरक्षाकर्मीले उनलाई सुरक्षा दिइरहेका हुन्छन् । सुरक्षाकर्मी, भजन मण्डलीलगायत उनको करिब ५० जनाको टिम छ । अहिले त्यही टिमका साथ प्रतिभा आफ्नो प्रतिभा प्रस्तुत गर्नुहुन्छ । केही कुपात्रहरु सुरक्षाको कुरालाई प्रश्न उठाइरहेका हुन्छन् । उहाँलाई भारत सरकार स्वयम्ले सुरक्षाकर्मीको व्यवस्थापन गरेको छ । उहाँ अमूल्य रत्न भएकाले उहाँको सुरक्षा आवश्यक पर्छ नै ।
धर्म मानवलाई नियममा बाँध्ने एउटा सुत्र भएको उहाँको अनुभव छ । सेवाभावले जनजनमा धार्मिक गतिविधी प्रचार गर्न सकियोस् भनेर आफू यसक्षेत्रमा लागेको उहाँको भनाई छ ।
भारतका हरेक कार्यक्रममा नेपालका धार्मिक गतिविधीहरुको प्रचारमा लागिरहेको बताउने प्रतिभालाई यो क्षेत्रमा लाग्न शुरुमा निकै गाह्रो भएको थियो । उनको रुचीअनुसार पढाइ दिलाउन परिवारले धेरै दुःख गर्नुपरेको थियो ।
बाबाआमाले आफूलाई यहाँ पुर्याउन निकै दुःख गर्नुभएको उनको अनुभव छ । ‘पत्थरले पनि मुर्तिको आकार पाउन निकै चोट खानुपर्छ, मेरो जीवनमा पनि यस्ता समस्या आए । म ती दिनहरु भुल्न सक्दिनँ’ उहाँले बताउनुभयो ।
धर्म मानवलाई नियममा बाँध्ने एउटा सुत्र भएको उहाँको अनुभव छ । सेवाभावले जनजनमा धार्मिक गतिविधी प्रचार गर्न सकियोस् भनेर आफू यसक्षेत्रमा लागेको उहाँले उल्लेख गर्नुभयो ।
भारतका हरेक कार्यक्रममा नेपालका धार्मिक गतिविधीहरुको प्रचारमा लागिरहेको बताउने प्रतिभालाई यो क्षेत्रमा लाग्न शुरुमा निकै गाह्रो भएको थियो । उहाँको रुचीअनुसार पढाइ दिलाउन परिवारले धेरै दुःख गर्नुपरेको थियो । बाबाआमाले आफूलाई यहाँ पुर्याउन निकै दुःख गर्नुभएको उहाँको अनुभव छ ।
‘पत्थरले पनि मुर्तिको आकार पाउन निकै चोट खानुपर्छ, मेरो जीवनमा पनि यस्ता समस्या आए । म ती दिनहरु भुल्न सक्दिनँ’ उहाँले जानकारी दिनुभयो । भविष्यलाई कसैले पनि देख्न सकिँदैन, गृहस्थ जीवनमा बसेरै पनि भगवानलाई प्राप्ती गर्न सकिन्छ भन्ने मान्यता राख्ने प्रतिभा आज जे छ, भोलि जे आउँछ, स्वीकार गर्न सक्नु नै महानता भएको उल्लेख गर्नुभयो ।
‘धर्म भनेको सत्यता, पवित्रता हो । जुन धारण गर्न सकिन्छ त्यही धर्म भएको उहाँको विश्वास रहेको छ । प्रेमलाई पवित्रता, विवाह बन्धन र जीवन जीउने माध्यम तथा सम्बन्ध विच्छेद र आत्महत्यालाई महापाप मान्ने उहाँ केही वस्तु गुमाउनु परे पनि यसलाई स्वीकार गर्न सक्नु पर्ने बताउँनुहुन्छ ।
ब्रम्हायणी मन्दिर संरक्षण समिति, मण्डनदेउपुर नगरपालिका र काभ्रे सेवा समाजको सम्मान

देवी प्रतिभालाई काभ्रेपलाञ्चोक जिल्लामा रहेका संघ सस्थाले सम्मान गर्ने भएको छ । ब्रम्हयाण्ी मन्दिर संरक्षण समिति मण्डनदेउपुर–५ ले आईतबार मन्दिर परिसरमा सम्मान गर्ने अध्यक्ष शेरबहादुर डोटेलले जनाउनुभयो ।

त्यस्तै सोही दिन मण्डनदेउपुर नगरपालिकाले विशेष सम्मान गर्ने उपप्रमुख बिष्णुमणि नेपालले जानकारी दिनुभयो । नगर सभा हलमा सम्मान गर्ने कार्यक्रममा सहभागीता जनाउन नगरले अनुरोध गरेको छ । शनिबार काभ्रे सेवा समाजले पनौतीमा सम्मान गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया