काभ्रेपलाञ्चोकमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका अनुसार भुम्लु गाउँपालिका–५ का करिब ५० वर्षीय सुन्दर भुजेल घरबाट सम्पर्कविहीन भएको तीन दिनपछि भुम्लुस्थित नरेश लामाको बाँझो बारीमा मृत फेला परेका छन् । मादक पदार्थ सेवन गरी हिँड्ने गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
त्यस्तै, पनौती नगरपालिका–१० खोपासीका करिब ३७ वर्षीय जीवन भन्ने श्रीमान पहरीको पनि मृत्यु भएको छ। ब्रह्मायणी मन्दिर नजिक मादक पदार्थ सेवन गरी लडेर घाइते भएका पहरी उपचारपछि घर फर्किएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि पुनः अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुवै घटनामा मृतकको शव परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको छ।

तपाईको प्रतिक्रिया