काभ्रेमा रास्वपाको ’क्यान्डिडेट क्लब’मार्फत उम्मेदवार बन्नेहरूको चर्चा तीव्र, प्रमुख पदका आकांक्षीहरूको सूची बाहिरियो

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ’क्यान्डिडेट क्लब’ मार्फत प्रमुख तथा अध्यक्ष पदका लागि आवेदन माग गरेसँगै काभ्रेपलाञ्चोक जिल्लामा चुनावी सरगर्मी बढेको छ । पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूले क्यान्डिडेट क्लबमा सहभागिता जनाउँदै उम्मेदवारीका लागि आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन् ।
पार्टी स्रोतबाट प्राप्त क्लस्टर अनुसार काभ्रेका विभिन्न नगरपालिका र गाउँपालिकाहरूमा देखिएका सम्भावित उम्मेदवारहरूको विवरण यसप्रकार छः
नगरपालिकाहरूमा देखिएका आकांक्षीहरू
बनेपा नगरपालिकाः
सुरज श्रेष्ठ, विपिन दुलाल, गोवर्धन थापा, श्री मानन्धर लगायत ।

धुलिखेल नगरपालिकाः
यमप्रसाद श्रेष्ठ, माधव श्रेष्ठ, दामोदर गौतम र रामेश्वर श्रेष्ठलगायत ।
पनौती नगरपालिकाः
विश्व बञ्जारा, प्रल्हाद केसी, दिनेश श्रेष्ठ, विवेक भट्टराई, जिएन सापकोटा र सुर्दशन तिमल्सिना लगायत ।

नमोबुद्ध नगरपालिकाः

वसुनारायण श्रेष्ठ, बिक्रमहरि तिवारी, पुष्कर तिमल्सिना, नवराज तिमल्सिना, प्रकाश तिमल्सिना, संञ्जिव तिमल्सिना र पुष्कर न्यौपाने लगायत ।
पाँचखाल नगरपालिकाः नविनप्रकाश निरौला, गणेश अधिकारी, नवराज बोलखे, राजेन्द्र लुईटेल र संञ्जय लामा ब्लोन (यद्यपि आकांक्षी भए पनि हालसम्म क्लबमा औपचारिक कसैले पनि निवेदन नदिएका)

मण्डनदेउपुर नगरपालिकाः

मणिराम पौडेल, सुवास ढकाल र नगेन्द्रराज डोटेल जिल्ला सभापति प्रविणकुमार ढकाललाई आकाक्षीका रुपमा हेरेपनि हालसम्म (फारम नभरेका)

गाउँपालिकाहरूमा देखिएका आकांक्षीहरू
बेथानचोक गाउँपालिकाः
हालसम्म अष्टमान लामाको मात्र एकल निवेदन परेको।

रोशी गाउँपालिकाः
विशाल लामा, भुवनबहादुर गौतम, विश्वनाथ बोहोरा र सुजन लामा लगायत ।

भुम्लु गाउँपालिकाः
ताराबहादुर कुँवर, गुञ्ज केसी र बिक्रम कुँवर ।
चौरीदेउराली गाउँपालिकाः श्रीमान तामाङ, मेखबहादुर लामा र केदार काफ्ले ।

तेमाल गाउँपालिकाः
निमा लामा र नेरु लामा लगायत

खानीखोला गाउँपालिकाः

दिनेश अधिकारी

महाभारत गाउँपालिकाः हालसम्म कुनैपनि आकांक्षीको आवेदन नपरेको

रास्वपाले योग्यता, क्षमता र पारदर्शी मापदण्डका आधारमा सक्षम नेतृत्व चयन गर्न यो अभ्यास सुरु गरेको बताएको छ । यसरी प्रारम्भिक चरणमै उम्मेदवारहरूको नाम चर्चामा आएसँगै काभ्रेमा राजनीतिक दलहरूको आन्तरिक तयारी तीव्र भएको छ । एमाले कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी पनि आन्तरिक छलफलमा जुटेका छन् ।

तपाईको प्रतिक्रिया