माओवादी केन्द्र पाँचखाल नगर कमिटी अध्यक्षमा रमेश राज गिरि

नेकपा माओवादी केन्द्र पाँचखाल नगरपालिकाको चौथो अधिवेशन बाट रमेश राज गिरिको अध्यक्षतामा ४९ जनाको नगर कमिटी गठन गरिएको छ । उपाध्यक्षहरुमा हेम बहादुर श्रेष्ठ (प्रविन), गिता भट्ट र अमर लामा रहेकाछन् । पाँचखाल नगर कमिटीको सचिवमा गोकुल गुरगाँई, सह सचिव बुद्धि प्रसाद पराजुली (गोकुल ) र कोषाध्यक्षमा माया तामाङ रहेकाछन् । सोमबार भएको सम्मेलन नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य एव काभ्रे जिल्ला इंन्चार्ज तेज बहादुर मिजारले उद्धघाटन गरिएको थियो । सम्मेलनमा नेकपमा माओवादी केन्द्रको केन्द्रिय सदस्य पुर्व सांसद गंगा बहादुर दोङ बामध्वाज, नेकपा माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्ष सरल सहयात्री, बागमती प्रदेश सभा सदस्य रुकु चौलगाई लगातय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया