माओवादी केन्द्र खानीखोला गाउँ कमिटी अध्यक्षमा जिम्बा

नेकपा माओवादी केन्द्र खानीखोला गाउँकमिटीको तेस्रो अधिवेशन बाट खडक बहादुर जिम्बा ( अविरल ) को अध्यक्षतामा ३८ जना पालिका कमिटी गठन गरिएको छ । सोमबार तालढुङगामा भएको सम्मेलनले जिम्बाको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा राजन अधिकारी, बुद्धि बहादुर स्याङ्तान ( बाबू) र बिरेन्द्र लामा भोलन सर्वमम्मत चयन गरिएको छ । कमिटीको सचिबमा सुवर्ण थिङ, सह सचिव नर बहादुर थिङ र कोषाध्यक्ष फुल मायाँ थिङ चुनिएकाछन् । सम्मेलनले ३८ जनाको गाउँ कमिटी सर्वसम्मत चयन गरिएको छ । सोमबार गाउँपालिकाको सम्मेलन बागमती प्रदेश सभा पुर्व मन्त्री माननिय नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य रत्न ढकालले उद्धघाटन गरिएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिब एवं खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ), नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला सचिब दैबलाल घिसिङ (अनुशिल) लगायत नेता कार्याकर्ताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया