सशस्त्र प्रहरी स्कूललाई आईजीपी कपको उपाधी

विद्यालय स्तरमा सबैभन्दा ठूलो प्रतियोगिता मानिएको आइजीपी रनिङ ट्रफी फुटबलको उपाधी सशस्त्र प्रहरी विद्यालय किर्तिपुरले हात पारेको छ ।
शुक्रबार नेपाल प्रहरी स्कूल साँगाको खेल मैदानमा भएको खेलमा शसस्त्र प्रहरी स्कूलले आयोजक नेपाल प्रहरी स्कूललाई ३–० ले स्तब्ध बनायो । खेलमा अधिकाशं समय आफ्नो खुट्टामा बल नियन्त्रणमा लिएपनि गोल फर्काउन नसक्दा आयोजक उपविजेतामै सिमित बन्यो । खेलको १९ औं मिनेटमा सशस्त्रले एक गोल उपहार पाएको थियो । डिबक्समा बल क्लियर गर्न खोज्दा फर्कदा आफ्नै पोष्टमा गोल हुन पुग्यो । पहिलो हाफ १–० ले पछि परेको नेपाल प्रहरी स्कूल सम्हालिन नसक्दा थप दुई गोल खान पुग्यो । खेलको दोश्रो हाफको चौथो मिनेटमा विकास बोहोराले पेनाल्टी बक्समा पाएको बललाई सुन्दर ढंङ्गले जाली चुमाए । खेलभरी १२ गोल गरेका अविन बस्यालले ६५ मिनेटमा अर्काे गोल फर्काए । बस्याल हाईस्कोरर भए ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले ३०औं अन्तर माध्यामिक विद्यालय आइजीपी रनिङ ट्रफीको विजेता उपसविजेतालाई पुरस्कार हस्तान्तरण गरे । प्रतियोगितामा प्रथम हुने टिमले ६० हजार, द्वितीय हुने टिमले ४० हजार र तृतीय हुने टिमले २० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा शसस्त्र प्रहरी स्कूलका रोसन बुढा, वेष्ट प्लेयर नेपाल प्रहरी साँगाका नसिव हेन्जन बने ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले खेलकुदले विद्यार्थीहरूको प्रतिभालाई उजार गर्नुको साथै रचनात्मक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । प्रतियोगितामा १५ विद्यालयका १६ टिमले सहभागिता जनाएका थिए ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा र बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटा दाहालले प्रतियोगिताका रनरअप टिमलाई मेडल र प्रमाणपत्र वितरण गर्नुभयो । साथै काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल र अखिल नेपाल फुटबल संघका उपमहासचिव बद्री भट्टराईले प्रतियोगिताका सेकेण्ड रनरअप टिमलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो । आज भएको फाइनल खेलमा सशस्त्र प्रहरी विद्यालय कीर्तिपुर टिमले नेपाल पुलिस स्कुल साँगा ९रातो० टिमलाई ३(० गोल अन्तरले पराजित गरेको छ । प्रतियोगितामा सशस्त्र प्रहरी विद्यालय कीर्तिपुर टिम प्रथम, नेपाल पुलिस स्कुल साँगा ९रातो० टिम द्वितीय र नेपाल पुलिस स्कुल धरान टिम तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले ६० हजार, द्वितीय हुने टिमले ४० हजार र तृतीय हुने टिमले २० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य तथा प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरूद्वारा नृत्य तथा नेपाल प्रहरी संगीत विद्यालयद्वारा ब्यान्ड डिस्प्ले गरिएको थियो । मंसिर १८ गतेदेखि शुरू भएको उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका रातो र निलो टिम, नेपाल पुलिस स्कुल धरान, चितवन, दाङ र सामाखुसी, सैनिक आवासीय माध्यामिक विद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १५ विद्यालयका १६ टिमको सहभागिता रहेको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावक, स्थानीय बासिन्दा, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया