अनेरास्ववियु काभ्रेपलाञ्चोक को ३१औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । बनेपामा सम्पन्न अधिवेशनले दिपेश तिमल्सिनाको अध्यक्षमा नयाँ समिति चयन भएको हो । समितिको उपाध्यक्षहरुम सौगात अधिकारी, आयुष बडाल र सुजन सापकोटा, सचिव प्रवीण पौडेल, सह सचिवमा तिर्सना तामाङ, आभाष चौलागाई र उत्कर्ष दाहाल तथा कोषाध्यक्ष प्रजिता ढुंगाना निर्वाचित हुनुभएको केन्द्रिय अध्यक्ष समिक बडालले सामाजिक सन्जालमा साझा गर्नुभएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवं पुर्वमन्त्री गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, अनेरास्वविुका केन्द्रिय सचिव सुजन कडरिया लगायत विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री बास्कोटाले अनेरास्ववियु सिकाईको विश्वविद्यालयको रुपमा रहेको बताउनुभयो ।
अनेरास्ववियुले विद्यार्थीको हक, अधिकारको रक्षा गर्नुका साथै अन्याय र अत्याचारको विरुद्धमा आवाज उठाउँदै आएको दाबी गर्नुभयो । उहाँले अनेरास्ववियुले चेतना, ज्ञान र निर्माणको झण्डा बोकेको बताए । विद्यार्थीले समाज, परिवार, शिक्षा र भविष्यको बारेमा सकारात्मक सोच राख्न जरुरी रहेको बताउनुभयो ।
तपाईको प्रतिक्रिया