
बनेपा । जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकका अध्यक्षमा मनोनित हुनुभएका अध्यक्ष मानवीर वाईबालाई नेपाल तेकवन्दो संघ काभ्रे शाखाले बधाई ज्ञापन गरेको छ ।
संघको जिल्ला कार्यसमितिको कार्यालय उद्घाटनको अवसर पारेर शनिबार वाईबालाई बधाई ज्ञापन गरेको हो । उहाँ बागमती प्रदेश खेलकुद विकास परिषद्बाट असार २० गते अध्यक्षमा नियुक्ती हुनुभएको हो । खेलकुद विकास समितिमा उहाँको यो तेस्रो पटकको कार्यकाल हो । सो कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष वाईबाले जिल्लाको खेलकुद विकासको लागि सबैको एकताबद्ध सहयोग र प्रयास आवश्यक रहेको बताउनुभयो । त्यसको लागि खेलकुद पूर्वाधार र सामग्री उतिकै महत्वपूर्ण रहेको भन्दै उहाँँले त्यसको व्यवस्थापनको लागि बागमती प्रदेश खेलकुद विकास परिषद् र राष्ट्रिय खेलकुद परिषद्संगको समन्वय र सहकार्यमा व्यवस्थापन प्रयास गर्ने बताउनुभयो ।
खेल विकासको लागि युवाजनशक्तिहरुको बीचमा सम्भावना र चुनौती उतिकै रहेको कारण त्यसको लागि नीीतगत रुपमा आवश्यक पहदकदम अगाडी बढिरहेको अध्यक्ष वाईबाको भनाई छ । दशौं राष्ट्रि खेलकुद प्रतियोगिता पनि अब नजिकै आउने भएको कारण त्यसको लागि सक्षम खेलाडीहरु उत्पादन गर्ने र आवश्यक समन्वयका लागि समते निरन्तर संघहरुसंगको सहकार्यलाई बडावा दिनका लागि उहाँले आग्रह गर्नुभयो ।

नेपाल तेक्वान्दो संघ काभ्रेका अध्यक्ष केशव थापाले जिल्ला खेलकुद विकास समितिको अध्यक्षको साथ सहयोगका कारण जिल्ला कार्यालय उद्घाटन गर्ने अवस्थासम्म आइपुग्न साथ मिलेको बताउनुभयो । जिल्ला खेकदुल विकास समितिको अध्यक्ष वाईबाकै पहलमा पनौतनी नगरपालिका वडा नं. २ मा तेक्वान्दो हल बनाउनका लागि जग्गा समेत प्राप्त भईसकेको र हल निर्माणको लागि जग्गा सम्याएर आवश्यक पर्खाल लगाउने काम समेत भईसहेको उहाँले बताउनुभयो ।
काभ्रेपलाञ्चोक जिल्लामा डब्लुटिएफ तेक्वान्दोको ११ वटा जोडोबाट करिब एक हजार जना खेलाडीहरुले प्रशिक्षण लिईरहेका छन् । थापाको नेतृत्वमा रहेको नेपाल तेक्वान्दो संघमा उपाध्यक्षद्धयमा उद्धव सापकोटा र अमृत हुँमागाई, सचिवमा रामकृष्ण घिमिरे, सहसचिवमा दिपक थापा र कोषाध्यक्षमा रुपक ताम्राकार रहनुभएको छ । जसको सदस्यहरुमा क्रमशः दिपेन्द्र थापा, चाँदनी पौडेल, विनोद थापा, मनोज सापकोटा, स्नेह भेटवाल, कृष्णप्रसाद घिमिरे, सुरथ लामा, सुनिल सापकोटा र आदेश थापा रहनुभएको छ ।

तपाईको प्रतिक्रिया