अखिल मण्डनदेउपुरको वृक्षारोपण

महादेवस्थान÷भानु जयन्त्तीको अवसर पारेर अनेरास्ववियु मण्डनदेउपुर नगर कमिटीले बृहत बृक्षारोपण गरेको छ । रचनात्मक कृयाकलापमा निरन्तर लागेको अनेरास्ववियुले भानु जयन्तीको अवसर पारेर बृक्षारोपण गरेका अखिल काभ्रेका नेता प्रबिन पौडेलले जानकारी दिए ।
नेकपा एमाले मण्डनदेउपुरका अध्यक्ष शेरबहादुर डोटेलको प्रमुख आतिथ्यतामा सो कार्यक्रम आयोजना गरिएको हो । मण्डनदेउपुर नगरपालिका वडा नं ७ गेरुबामा गरिएको बृक्षारोपण कार्यक्रममा अखिल काभ्रेका अध्यक्ष मिलन गौतम, उपाध्यक्ष दिपेश केसी,आर्दश न्यौपानेको सहभागिता रहेको थियो । वृक्षारोपण कार्यक्रम एमाले वागमती प्रदेश कमिटीका सदस्य अम्बिका हमाल, एमाले जिल्ला कमिटि सदस्य शम्भुप्रसाद पौडेल,एमाले नेता झलक पौडेल,जीतबहादुर लामाले प्रशिक्षाणात्मक मन्तव्य राखेका थिए । अखिल मण्डनको अध्यक्ष संगिता दाहालले धुपी, कपुर जातका विरुवाको बृक्षारोपण गरिएको जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया