यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को तर्फबाट मेयरको उम्मेदवार बनेका भीम न्यौपाने पनौती नगरबासीका लागि परिचय गराइरहनुपर्ने नाम होइन । बाल्यकालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय भएर मात्र होइन, संघीयतालाई फलाउने,फुलाउने अनि जनताको सेवक बनेर जनतासँग सदैव साथमा रहने एक आर्दशवादी नेता हुन् । उनलाई काभ्रेपलाञ्चोक जिल्लाले असर अभिभावकको रुपमा हेर्छ । अझ कम्युनिस्ट नेता कार्यकर्ताले उनको मुहारमा मनमोहन अधिकारीको चित्र देख्छ ।
सालिन व्यक्तित्व भद्र स्वभाव, स्पष्ट बोली र विविध क्षेत्रको नेतृत्वदायी पात्रका रूपमा भीम न्यौपाने पनौतीबासीका आँखा अगाडि झुल्किरहेको हुन्छन् । उनको आवाज पनौतीबासीको कानमा अक्सर गुुञ्जिरहेकै हुन्छ । विविध पृष्ठभूमिलाई आधार बनाएर उनी अहिले पनौती नगरको मेयरको प्रत्यासी छन् । अनि जितको सन्मुख ।
पाँच बर्ष उनले आफूलाई को हुन् भनेर प्रमाणित गरिसकेका छन् । पाँच बर्ष पनौती नगरपालिकाको नेतृत्वमा उनले कहिल्यै आफ्नो र अर्काको भनेर भेदभाव गरेनन् । सदैव आफ्ना साथीको रुपमा हेरे । अन्यायको कुरा परै छाँडौ असल जनसेवक बने ।
काभ्रेपलाञ्चोक जिल्लाको सुन्दर नगर पनौतीका मेयर भीम न्यौपाने सहजभित्रका सहज अनि नरम भित्रका नरम नेता हुन । हजारांै गुण भएका न्यौपानेसँग थोरै मात्रै अवगुण छन् । त्यो अवगुण भनेको सत्य बोल्नुहुन्छ अनि भष्ट्राचार गर्दैनन् । भन्छन् मेरो अवगुणले मेरो दैनिक जीवनमा अप्ठारो पार्छ होला । सामाजिक र धार्मिक कार्यमा खामभरि पैसा दिन सक्दिन होला । तर मनमा सन्तुष्टि छ ।
भीम न्यौपाने, इमान्दारिताका पर्याय, पाँच बर्षमा सयौंं उदाहरणीय काम गरेर लोकप्रिय जननेता बने । संघीयता कार्यान्वयनमा स्थानीय तहको भुमिका कस्तो हुन्छ । स्थानीय तहले चाहेमा कसरी विकास गर्न सक्छ भन्ने उदाहरण उहाँले पाँच बर्षमा पूरा गरे । सादा जीवन सामान्य पोशाक अनि सरलीकृत जीवनशैलीका धनी न्यौपाने ७५३ स्थानीय तहका एक उदाहरण हुन् ।
आम नागरिक भन्छन्, भनेको जति काम गर्न सकेनन् होला तर भीम न्यौपानेले नराम्रो काम कहिल्यै गरेनन् । जनताको सेवक भनेर सेवा गरिरहे । जनताको साथ पाए । पार्टीले दिएको जिम्मेवारी अक्षरस पालना गरे ।
पनौती नगरपालिका पूर्व मेयर भीम न्यौपाने जस्ले पनौतीको जनताको सधै साथ पाए । उनले पाँच बर्षे नगरपालिकाको कार्यकाल सहजरुपमा बिताए । पनौती नगरपालिका १ देखि १२ वडामा विभेद कहिल्यै गरेनन् । पुनः जनताबाट अनुमोदित हुन मेयर पदमा उम्मेदबारी दिए ।
जुन नगर कृषि, पशुपालन र साँस्कृतिक सम्पदा अथक रहेको नगरको रुपमा जिल्लामा छुट्टै पहिचान रहेको छ । न्यौपानेको पाँचबर्षे कार्यकालमा धेरै कुरामा परिवर्तन भएको नगरबासीहरु सुनाउँछन् । कृषि, पशुपालन र पर्यटन क्षेत्रमा बिकाससंगै पुरानो जात्रै जात्रा हुने सहर पनौतीको विकासको लागि न्यौपानेको ठूलो योगदान रहेको देखिन्छ । कुनै पनि नगर विकासको लागि मिसन र भिजन चाहिन्छ भन्ने एक उदाहरण हुनुहुन्छ न्यौपाने ।
मेयर न्यौपानेको कार्यकालमा नगरका धेरै जसो वर्षौदेखि अलपत्र परेका आयोजनाहरुले गति लिए । भूकम्पपछिको पुन ः निर्माणले आफ्नो गन्तव्य पूरा ग¥यो, शिक्षा स्वास्थ्य, कृषि, पर्या–पर्यटनको क्षेत्रमा उल्लेख्य परिवर्तन भए, प्राकृतिक सम्पदा, मठमन्दिर, पाटी पौवा, गुम्बा, ऐतिहासिक पोखरी, पुराना धारा, चोक लगायत हाम्रा सांस्कृतिक सम्पदाले संरक्षण गर्न महत्वपूर्ण भूमिका खेले ।
नगरका जनताको आर्थिक सामाजिक रुपान्तरणका लागि शैक्षिक क्षेत्रमा एउटा क्रान्ति न्यौपानेको कार्यकालमा भएको देखिन्छ । मदन भण्डारी औद्योगिक विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययन सम्पन्न भयो ।
पनौतीका अधिकांश विद्यालयहरुको सुविधा सम्पन्न भौतिकपूर्वाधार सहित पुनः निर्माण कार्य सकिएको छ । अधिकांश विद्यालयहरुमा प्रविधि सहितको आइटि ल्याव स्थापनामा जोड दिइएको छ ।
निर्वाचनमा केही नपाएर न्यौपानेको पालामा केही भएन भनेर गलत प्रचार गर्ने प्रयास भइरहेका छन् । तर न्यौपानेले आफ्नो हिसाबले काम गरिरहेका छन् । आलोचना सुन्न रुचाउने न्यौपाने पत्रकारसँग भेट्दा आफ्ना गल्ति भनिदिन आग्रह गर्छन् ।
पाँच बर्षको कार्यकालमा बालमैत्री नगर घोषणामात्रै भएन नेपालकै पहिलो मानव अधिकार तथा न्याय मैत्री स्थानीय तह बन्यो पनौती ।
पूर्ण साक्षर नगर घोषणा भएको पनौतीलाई उहाँकै कार्यकालमा पूर्ण खोप सुनिश्चित नगर घोषणा गरियो । खुल्ला दिशामुक्त क्षेत्र घोषणामा मात्रै उनी रोकिएनन् । कृषि पकेट क्षेत्र घोषणा गरेर कृषकको आम्दानी बढाउने प्रयास थाले
।
ऐतिहासिक नगर पनौती क्षेत्रलाई बिश्व सम्पदामा सूचिकृतको लागि पहल गरेका उनले पर्यटक भित्राउन चरा संरक्षण क्षेत्र घोषणा गरे । घर घरमै पुगेर गरिब जनताको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरे । गरिब नागरिकको निःशुल्क बिजुलीको पैसा तिर्ने कार्यको सुरुवात गरे । एकल महिलालाई मासिक भत्ता दिन थाले ।
जिल्लाकै बनेपा र धुलिखेलमा पुण्यमाता खोलाले बितण्डा मच्चाउँदा पनौतीमा कम क्षति हुन्छ । त्यो कार्यको योजना उहाँले नै करिडोर मार्फत सफल पारे । गम्भीर प्रकृतिका रोग लागेका नगरवासीलाई आर्थिक सहयोग गर्दै कोरोनाबाट मृत्यु भएका नागरिकलाई काज किरिया खर्चको व्यवस्था गरे । नगर अस्पतालको लागि जग्गा व्यवस्थापन गरे । बर्षाैदेखिको विवादमा रहेको रंगशालाको जग्गा व्यवस्थापन गरेर उदाहरणीय बने । पनौती, बनेपा, पनौती कुशादेवी सडकमा पहलकदमी लिई विस्तारसहित कालोपत्रे र खोपासी सडक विस्तारमा योगदान दिए । सडक भएर पनि राष्ट्रिय, क्षेत्रीय राजमार्गमा नपरेको पनौती सडकलाई क्षेत्रीय सडकको रुपमा दर्ज गराए । अनि कालोपत्र गरे ।
सुन्थान नमोबुद्ध सडक विस्तारसहित कालोपत्रे गर्न पूर्वाधार तयारी, बाल संरक्षण केन्द्र भवनको निर्माण अन्तिम चरणमा पु¥याउनुभयो । पनौतीमा दुईवटा सहिद पार्कको निर्माण सम्पन्नतर्फ उन्मुख भएका छन् । प्याराग्लाईडिङ तालिम र उडानमा सफलता हासिल भएको छ ।
पशुपंक्षीका क्षेत्रमा उल्लेख्य उपलब्धि आकर्षक र चासो (भंैसी प्रवद्र्धन, पशु बीमा, पाडापाडी जन्म दर्ता, भैँसी सुत्केरी भत्ता) दिनुभयो । जसको अनुशरण नेपालका ७० भन्दा धेरै पालिकाले अहिले गरिरहेका छन् ।
न्यौपानेले तीन महिनाभित्र विशेषज्ञ सेवासहित नगर अस्पताल सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् । पनौतीमा निर्माणाधीन २५ शैयाको नगर अस्पताल आवश्यक जनशक्ति, औषधि, यन्त्र, उपकरण, प्रयोगशाला तथा विशेषज्ञ सेवा सहित तीनमहिनाभित्र सञ्चालनमा ल्याइने वताए ।
सबै नगरवासीको स्वास्थ्य बीमा गरिने समेत उहाँले प्रतिवद्धता जनाए । यसअघि नगरपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको थियो । ४० वर्ष नाघेका सबै नगरवासीको वर्षको एकपटक पूर्ण स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने नगरप्रमुखका उम्मेदवार न्यौपानेले बताए । उनै न्यौपानेसँग आसन्न स्थानीय तहको निर्वाचनको सन्र्दभमा काभ्रे हेडलाईनले गरेको कुराकानीको सम्पादित अंश
तपाईको उम्मेदबारी किन ?
पहिलो कुरा चाहिँ म एउटा भुइँमान्छे हुँ । म यहींको माटोसँग खेलें । माटोसँगै हुर्किएँ । यहाँका जरा, बुट्टा, खोलानालासँग परिचित भएँ । सबै जातजाति, धर्म, संस्कृति, परम्परा, सम्प्रदायलगायत सबैखाले मान्छेसँग घुलमिल हुन पाएँ । सबैसँगको सम्बन्ध प्रगाढ बन्यो । सबैले अहिलेसम्म गर्नुभएको माया मेरो उम्मेदवारीको आधार हो । अघिल्लो पटक मलाई माया गर्नुभयो । विश्वास गर्नुभयो । मैले त्यसलाई पुरा गरे । अब केही प्रयास थालेको छु । त्यसलाई मुर्त रुप दिनका लागि उम्मेदबारी दिएको छु ।
पनौतीको माटोले के मागिरहेको छ भन्ने पनि मैले स्पष्ट बुझ्न पाएको छु । पनौती नगरका सबै ठाउँ मेरो घर हो । प्रत्येक घरमा एक अम्खोरा भएपनि पानी पिएको छु । सँगै बसेर एक मुठ्ठी मकै खाएको छु ।
त्यसैले त्यहाँका समस्या के हुन्, आवश्यकता र अवसर के हन् भन्ने मलाई थाहा छ । २०७४ सालमा हाम्रो नगरमा मेरो नेतृत्वमा रहेको जनप्रतिनिधिको टिमले नगरको एउटा मार्गचित्र कोरेको छ । त्यसबेला नगरमा विकास–निर्माणको जुन मोडालिटी अघि सारिएको छ, त्यसले चाहँदा त विकास हुँदोरहेछ भन्ने मानिसलाई आशा जगाएको छ । म त्यसैलाई निरन्तरता दिन्छु र थप नयाँ अवधारणामा काम गर्छु । जित्ने विश्वासमा छु ।
नगरका सम्भावना उजागर गर्न कस्ता योजना र कार्यक्रम ल्याउनु भएको छ ?
पाँच बर्षमा पनौती कस्तो हुनुपर्छ भन्ने उदाहरण देखाउनेछु । संघीयताको सफल मोडल कार्यान्वयन भएको स्थानीय तहको रुपमा पनौती नगरपालिका पर्ने भएकाले मैले लिखित प्रतिबद्धता पत्रमार्फत् नै आफ्नो र पार्टीको योजना सार्वजनिक गरेको छु ।
अरु नगरपालिकाको मेयरको कार्यकक्षमा सेवाग्राहीले लाइन लागेर कुर्नु परेको समाचार आएन । मैले कुनै दिन सेवाग्राहीलाई पनौतीमा आएर कुर्ने बनाईन । मेयरलाई कुनै कार्यक्रममा बोलाउन अनेकौं बिन्ती चढाउनुपर्छ म त आफै गाउँमा ढिडो खान बोलाउनुस् न भन्ने मेयर हो । हामीले सबै जनताको हात हातमा सो घोषणापत्र पु¥याएका छौ । संचारमाध्यममा प्रकाशक गरेका छौ । सोही अनुसार काम गर्छाै ।
तपाईले ल्याउनु भएका योजना कार्यान्वयनमा चुनाती चाहिँ छन् कि छैनन् ?
चुनौती नहुने त कुरै भएन । जहाँ नयाँ काम गर्न खोजिन्छ, चुनौती ठडिइहाल्छन् । जब तपाई सपना देख्नु हुन्छ भने तपाई ब्युँझिनु पनि हुन्छ । ब्युँझिनु चाहिँ सपना टुट्नु हो । तर, मैले देखेको सपना निद्रामा देखेको होइन, ननिदाएका बेला देखेको हो । त्यसैले आएका चुनौती सामना गर्ने बलियो हिम्मत पनि छ । मैले आजसम्म यो नगरका नागरिकमा जति भिज्न सकेको छु, त्यो नै मेरो चुनौती सामना गर्ने बल हो ।
प्रत्येकजसो घरको पानी खाएको छु । सबैसँग जोडिएको छु । नागरिकको माग र आवश्यकता प्रायः स्वभाविक नै हुन्छन् । तिनलाई पूरा गर्न पनि समस्या हुँदैन । तर, नागरिकका आवश्यकता र समस्याको समाधान गर्ने तरिका चाहिँ अलि नपुगेको मलाई लाग्छ । त्यो तरिका पुग्यो भने चुनौती समाधान भइहाल्छन् । आवश्यक परे विज्ञको समेत सहयोग लिएर समस्या समाधानको मोडालिटी बनाइन्छ ।
स्थानीय तह तथा त्यसअन्तर्गतका कतिपय कार्यालय आर्थिक र राजनीतिक हिसाबले पनि आलोचित भइरहेका छन् । विभिन्न किसिमका विकृति देखिन थालेको चर्चा हुन्छ, यसलाई हटाउन कस्तो योजना बनाउनु भएको छ ?
स्थानीय तह भनेको स्थानीय सरकार हो । २०७४ सालमा स्थानीय तह गठन हुँदा त्यो सरकार हिँड्ने स्पष्ट बाटो थिएन । कानुन, विधि, विधान आफैं बनाउनुपर्ने अवस्था थियो । तत्काल त्यो सरकारले आफू हिंड्ने बाटो (कानुन) बनायो । समय धेरै त्यहाँ गयो । त्यति हुँदा पनि इलाम नगरमा विकास–निर्माण सामाजिक सुधारका काम नभएका होइनन् । कतिपय अवस्थामा अनुगमनको कमी हुँदा विकृति देखिएका हुनसक्छन् । अब हामी हिंड्ने बाटो बनेको छ । त्यही बाटो भएर हामी नागरिकको घरदैलोसम्म पुग्न सक्ने भएका छौं । सुशासन, पारदर्शिता र जबाफदेहिताप्रति चनाखो भएर अघि बढ्न हामी सधैं चिन्तनशील छौं । अबको कार्यकाल भनेकै धेरैभन्दा धेरै नागरिको आवाज सुन्ने र समस्या समाधानमा केन्द्रित हुनेमा ढुक्क हुन आग्रह छ ।
स्थानीय सरकार सञ्चालन गर्ने एउटा मूल कडी आर्थिक स्रोतको व्यवस्थापन गर्नसक्नु हो । त्यसको ठोस योजना के छ ?
आर्थिक स्रोतको व्यवस्थापन सरकार सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण पाटो हो । सरकार सञ्चालनको मेरुदण्ड नै हो । स्रोत नहुँदा चल्न सकिंदैन । स्थानीय सरकार सञ्चालनका लागि केन्द्रबाट आउने स्रोतको मात्रै भर पर्ने अवस्था छैन । हामीले कुनै न कुनै सिर्जनशील काम गर्नेपर्ने हुन्छ । नगरको आर्थिक स्रोतका प्रकार अध्ययन गर्नेछौं । जुन आवश्यक छ, त्यसको जिम्मेवारी मात्र नागरिकलाई दिनेछौं । नागरिकलाई करको भारबाट बचाउन वैकल्पिक स्रोत व्यवस्थापन गर्नु आवश्यक छ । वैकल्पिक स्रोत खोजेर भए पनि नागरिकलाई भारी करबाट चाहिँ मुक्ति दिनु मेरो कर्तव्य हो । अहिलेको आवश्यकता पनि हो । करको दर नभई दायरा फराकिलो बनाउन सकिन्छ । तर, म फेरि भन्छु, करको वैकल्पिक स्रोत खोजेर भए पनि उच्च दरको कर घटाउने र अनावश्यक कर हटाउने योजना चाहिँ छ ।
२०७४ सालको स्थानीय तह निर्वाचन हुँदा ‘गाउँ–गाउँमा सिंहदरबार’ आएको चर्चा धेरै चल्यो । नेपालको संविधान (२०७२) को मर्मअनुसारको काम र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को यात्रा बितेको ५ वर्षमा स्थानीय तहले कति प्रतिशत पार गरेका ठान्नु हुन्छ ?
संघीयताको कारणले अधिकार विकेन्द्रित भएको साँचो हो । सिंहदरबार गाउँ आएको पनि हो । नागरिकले गाउँमै, टोलमै र घर घरमै अधिकार पाउने भएकाले प्रतीकात्मक रूपमा सिंहदरबार गाउँ त आएकै हो । तर, सिंहदरबारलाई सिंहदबारका रूपमा बनाउन पनि त स्थानीय तहले काम गर्न बाँकी नै थियो नि ! कानुन, प्रक्रिया, पद्धति निर्माण गर्दागर्दै धेरै समय बितेको छ । यसबीचमा ‘दरबार’ चाहिँ उतै रह्यो, ‘सिंह’ मात्रै गाउँ आए भन्ने आलोचना पनि भयो । अबको अवस्था त्यस्तो छैन, अधिकार स्थापित गर्ने बाटो बनेको छ । हामी नागरिकका अधिकार नागरिकसम्म नै अवस्य पु¥याउने छौं । यो मेरो प्रतिबद्धता हो । समृद्ध नेपाल सुखी नेपालीको यात्रउपलब्धिलाई मैले प्रतिशतमा ढालेर विश्लेषण गर्नु अन्याय हुन्छ । समग्रमा विकास, परिवर्तन भएको छ ।
असीमित आवश्यकतालाई सीमित स्रोत–साधनले धान्नु चुनौतीपूर्ण छ । तर, व्यवस्थापनका सही तरिका अपनाइयो भने समाधान हुन्छन् । तत्काल परिवर्तन, रुपान्तरणको आमअपेक्षा स्वभाविक पनि हो । अहिले विश्वव्यापीकरणले संसारका परिर्वतन हामी एकैछिनमा देख्न, सुन्न र अनुभूत गर्न सक्छौं । यो सन्दर्भमा नेपालको, इलामको माटोसँग मिल्दो परिवर्तन यात्रालाई सुहाउँदो गति दिनलाई केहीले छेक्छ जस्तो चाहिँ लाग्दैन । सर्वसाधारणका कतिपय काम प्रत्यक्ष र वास्तविक रूपमा सत्य भएको आँखाले देख्दा देख्दै पनि कागजले अड्काउने समस्याले सेवाग्राही आजित भएको देख्छु म । कमसेकम पनि त्यस्ता सेवाग्राहीलाई न्याय दिनु मेरो प्राथमिकता हुनेछ । जब भुइँमान्छे मुस्कुराउँछन्, हाँस्छन् र खुुश हुन्छन् । समृद्धि भनेको त्यही हो । समृद्धि त्यहींबाट उदाउने हो ।
पनौती नगरपालिकाका लागि आउँदो पाँच वर्षको मेरो सपना निद्रामा देखेको सपना होइन, बिहान उठेपछि देखेको हो । त्यसैले त्यो सपना पूरा गर्न दृढ संकल्प गर्छु ।

तपाईको प्रतिक्रिया