निरोजकाजीले सार्वजनिक गरे बिरोजगारमुक्त बडा बनाउन सकिने मार्गचित्र

बनेपा÷आसन्न स्थानीय तहको निर्वाचनमा बनेपा नगर बडा नं ८ मा निरोजकाजी श्रेष्ठले लोभलाग्दो योजना सार्वजनिक गरेका छन् । सानो दलबाट उम्मेदबारी दिएका श्रेष्ठका योजना अब्बल र दीर्घकालिन देखिएका छन् । ठूला राजनीतिक दलले भिड बोकेर जिन्दावाद र मुर्दावाद भनिरहँदा श्रेष्ठ भने आफ्ना मतदाता समक्ष बडा समृद्ध बनाउने महाअभियानमा जुटेका छन् ।
उनले बडा नं ८ लायकु दरबार भएको क्षेत्र र ऐतिहासिकतासँग जोडिएकाले सम्पदा क्षेत्र घोषणाको पहल गरिने बताएका छन् । उनले बनेपा नगरपालिकामा सडकमा ईट्टा छाप्ने कार्यर ढुङ्गा छाप्ने कार्य गर्ने योजना अघि सारेका छन् । उनले लायकु दरबार पुर्ण निर्माण गर्ने र बजार एरियामा पुरानो शैलीमा घर निर्माणमा प्रोत्साहन गर्ने बिषयलाई जोड दिएका छन् ।
जात्रा नै जात्रा मनाउने सहर बनेपमा जात्रा र पर्व मनाउन वडा, नगरबाट आर्थिक सहयोगको वातावरण सृजना गर्ने योजना अघि छन् । सानो दलका उम्मेदबारको खासै चर्चा गरिदैन तर उनले ल्याएको योजनाले धेरैलाई सोच्न बाँध्य पारेका छन् । उनले पुजारी तथा बाजा बादक लाई तलब को ब्यवस्थापन गर्ने रन्जना लिपी लाई प्रोत्साहन गर्ने, सास्कृतिक पर्यटनलाई प्रोत्साहन गर्नेको योजना अघि सारेका छन् । २४ घन्टा बजार खुला को ब्यवस्थापन, शान्ति सुरक्षा को ब्यवस्थापन, औद्योगिक बिकासमा जोड दिदै बनेपा नगरपालिकालाई भ्रस्टाचार मुक्त नगरपालिकाको योजना अघि सारेका छन् ।
उनका योजना निक्कै रामा्र छन् । २४ घन्टा शान्ति सुरक्षा को ब्यवस्थापन, २४ घन्टा ब्यबशाय खुला, सीप मुलक शिक्षामा बिशेष जोड र लायकु क्षेत्र उत्खनन कार्यको व्यवस्थापन गर्ने योजना छ । त्यस्तै भजन खल लाई बार्शिक प्रोत्साहन बजेट, कागजी झन्झट लाई सहज बनाउने, समाजसेवी ब्याक्तित्व लाई सम्मान गर्ने , मठ मन्दिर संरक्षण तथा पुर्न निर्माण, युवा शिपमुलक तालिम को ब्यवस्था र महिला हिंसा रहित समाजको निर्माण गर्ने योजना छ ।
महिलालाई घरेलु सीपको शिक्षामा जोड र बालमैत्री स्थानको ब्यवस्था मिलाउने, जेष्ठ नागरिकको बडाको काम घरदैलो मा पुगेर काम दिने र स्थानीय उत्पादन बस्तुलाई प्रोत्साहन गर्ने कुरालाई उनले जोड दिएका छन् ।
सरकारी बिद्यालय लाई गुणस्तर बढाउने, सहकारीको स्तरोन्नतीकहा लागि प्रोत्साहन गर्ने, पुराना र साँघुरा गल्लीहरुमा बत्तीको ब्यवस्थापन गने, फोहोर ब्यवस्थापन का लागि बिशेष योजना ल्याउने, प्लाष्टिक रहित बजारको लागि प्रोत्साहन गर्ने उनका योजना छन् । स्थानीय रैथाने सस्कृती लाई बिशेष जोड दिदै पाँच बर्षमा बेरोजगार रहित बडा तयार गर्ने योजना उनको छ ।

तपाईको प्रतिक्रिया