
बनेपा÷प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभाले नयाँ समिति चयन गरेको छ । साधारण सभाले फिरोज शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा
सचिव बलराम मानन्धर, कोषाध्यक्ष धनबहादुर कर्माचार्य तथा सदस्यहरू—कल्पना सापकोटा, गणेशबहादुर भुजेल र पूर्णकाजी मानन्धर रहेका छन्। यसैगरी लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा पूर्णिमा प्रधानाङ्ग, सदस्यमा राजु मानन्धर र सरस्वती श्रेष्ठ चयन भएका छन् ।
सहकारीका अध्यक्ष सागर कपालीले आफ्नो कार्यकालमा हासिल गरेको उपलब्धिको बारेमा साधारणसभामा जानकारी गराउनुभयो । उहाँले देशको आर्थिक अवस्था स्थिर हुन नसक्दा सहकारी क्षेत्र बढी प्रभावित भएको उल्लेख गर्नुभयो । उहाँले लगानीका क्षेत्रहरू सुस्ताएका कारण सहकारीहरूमा तरलता थामिएको भए पनि प्रभात सहकारीले आफ्नो संरचना र सेवालाई मजबुत रूपमा अघि बढाउन सफल भएको दाबी गर्नुभयो ।
उहाँले सहकारीमा सामान्य नागरिकको पहुँच सहज रूपमा पुगेको र सहकारीले सदस्यहरूको आर्थिक स्तर उकास्न निरन्तर योगदान गर्दै आएको बताउनुभयो । सबै सहकारीलाई एकै ठाउँमा राख्न नहुनेमा जोड दिनुभयो ।
सभामा आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन सचिव सुमन चौ प्रधान, आर्थिक प्रतिवेदन कोषाध्यक्ष बलराम मानन्धर र लेखा प्रतिवेदन संयोजक भरत दाहालले प्रस्तुत गर्नुभयो । सहकारीको कुल शेयर पूँजी ६२ लाख, बचत रकम २ करोड ९१ लाख ९७ हजार रहेको उल्लेख गरिएको थियो । कार्यक्रममा सेयर सदस्यका छोराछोरीमध्ये एसईई उत्तीर्ण अंक ल्याउने सदस्य, बाल बचतकर्ता र उत्कृष्ट ऋणी तथा उत्कृष्ट बचतकर्ताहरूलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया