बनेपा÷निजी तथा आवासिय विद्यालय नेपाल (प्याब्सन) बनेपा नगरले विद्यालयस्तरीय (६–१०) गरेको एकल गायन प्रतियोगिताको उपाधि प्रगति प्रभात एकेडेमीका सोनिया ढुंगानाले जित्नुभएको छ । २१ विद्यालयका २० प्रतिस्पर्धीलाई पछि पार्दै ढुंगानाले उपाधि हात पारेकी हुन् । काभ्रे मावि बनेपा बुडोल र एभरेष्ट एकेडेमीको प्रायोजनमा भएको प्रतियोगतामा २१ विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा लिन ईन्टरनेशनलका समराज खत्रीले दोश्रो स्थान ल्याउन सफल भए । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका आर्यन महतो तेश्रो बने । क्षिजित बोर्डिङका सन्देश सुनुवार, ज्ञानज्योति एकेडेमीका दिक्षा अधिकारी र विद्यासागर अंग्रेजी माध्यामिक विद्यालयका रोहिनी आचार्यले सात्वनाहुँदै जिल्ला स्तरीय प्रतियोगिताको लागि छनौट भए । उनीहरुले कात्तिक २४ गते हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागि हुनेछन् । त्यसमा छनौट भएमा प्याब्सनको प्रदेश स्तरीय प्रतियोगितामा सहभागि हुन पाउनेछन् ।
बरिष्ठ गायक मच्छेश्वर सापकोटा र रामहरि न्यौपाने निर्णायक भएको प्रतियोगितका विजयी विद्यार्थीलाई प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, प्याब्सन बनेपाका अध्यक्ष महेन्द्र बिष्ट लगायतकाले पुरस्कार वितरण गरे । प्रतियोगिताको संयोजक लिलाधर पौडेल रहेका थिए । कार्यक्रममा प्याब्सन बनेपाका सल्लाहकार कुमार मानन्धर लगायत सहभागि थिए ।

तपाईको प्रतिक्रिया