बर्षाैपछि आईटीपार्कले काम पायो

रोजगारीको अवसर हुने अभिलाषामा आफ्नो गैरीखेत सस्तो दाममा आईटी पार्क बनाउन दिएका धनेश्वरबासी बल्ल खुसी भएका छन् । सरकारले आईटी पार्कलाई मुद्रण सुरक्षित केन्द्रको रुपमा विकास गरेको बर्षाैपछि लाइसेन्स छाप्न थालेको छ । त्यसले खुसीको सञ्चार बढाएपनि निरन्तरता हुनेमा स्थानीय ढुक्क भने छैनन् ।
ट्रायल पास भएको लामो समयसम्म पनि सेवाग्राहीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नपाएर सरकारको आलोचना गरिरहेको समयमा सरकारले आफ्नै स्वामित्वमा रहेको मुद्रणबाट लाईसेन्स छाप्न सुरु गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्र प्रेसबाट शुक्रबारबाट लाईसेन्स छपाईको कार्य सुरु भएको हो । प्रधानमन्त्री शुसिला कार्कीले मन्त्री परिषद्को बैठकमा ट्रायल पास भएको लामो समयसम्म पनि सेवाग्राहीले लाईसेन्स नपाएको गुनासो गरेको सन्र्दभमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले लाईसेन्स छपाईको प्रस्ताव लगेसँगै तत्काल कार्यअघि बढाउन निर्देशन दिनुभएको थियो ।
काभ्रेपलाञ्चोकको श्रीखण्डपुरमा रहेको केन्द्रको प्रिन्टिङ मेसिनमा बटन थिचेर सवारी चालक अनुमतिपत्र छपाईको शुभारम्भ गर्दै मन्त्री खरेलले प्रधानमन्त्रीले छ महिनाभित्र बाँकी रहेका २८ लाख लाईसेन्स छपाएर शुसासनमा टेवा पु¥याउन आवश्यक निर्देशन दिनुभएको उल्लेख गर्नुभयो ।
उहाँले नीतिगत समस्या, वेथितिको मुद्दा मामिला, बजेट र जनशक्तिको अभावलाई चिर्दै लाईसेन्स छपाई सुरु गरिएको उल्लेख गर्नुभयो । उहाँले अगाडि थप्नुभयो,“सुरक्षित मुद्रणबारे अदालतमा मुद्दा र अख्तियारमा उजुरी थियो । केन्द्रको वेथिति, कानुनी अफ्ठ्यारा छिचोल्दै नियमावली ल्याएर स्रोत साधनको सुनिश्चित गरी जनशक्ति व्यवस्थापन गरेर लाइसेन्छ छपाई सुरु गरिएको हो । अब क्रमशः अन्य विभिन्न छपाई पनि केन्द्रबाटै छाप्छौ । यसबाट मुलुकको पैसा बाहिर जान रोक्निछ । राष्ट्रिय सुरक्षाका हिसावले पनि महत्वपूर्ण र राम्रो सुरुवात हो । यसलाई निरन्तरता दिनुपर्छ ।”
लाईसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत छपाई सधै विदेशी कम्पनीलाई ठेक्का दिएर रकम बाहिर जाने अवस्था र सुरक्षाको सवाल पनि उठ्ने गरेको थियो । सञ्चारमन्त्री खरेलले पूर्वाधार र स्रोत साधन भएर पनि छपाइको काम गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाई सुरु गरिएको बताउनुभयो ।
मन्त्री खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाईको काम सुरु गरिएको दाबी गर्नुभयो । उहाँले सुरक्षण मुद्रण केन्द्र भनेपछि अख्तियार, अदालत सबैको डर मान्नु पर्ने अवस्थामा जोखिम मोलेर छपाईको कार्य सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बर्षौदेखि थन्किएर अलपत्र भएका धुलाम्मे मेसिन र पार्टपूर्जाको धुलो पन्छाएर छपाइ सुरु गरेका छौ ।’ यसले राष्ट्रियमात्र नभएर अन्तराष्ट्रियस्तरमा पुगेर छपाईको काम गरोस् । ’
‘वर्षौदेखि सुरक्षण मुद्रण केन्द्र अन्तर्गतका मेसिनहरु यत्तिकै थन्किएका थिए । मेसिन र पार्टपूर्जा सबै धुलाम्मे भएका थिए । ठाउँ नै खण्डहर जस्तो भएको थियो । धुलो टकटक्याएर छपाइको काम थालेका हौँ’ मन्त्री खरेलले उल्लेख गर्नुभयो ।
केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टीकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने भएपनि लामो समयसम्म छपाइको काम हुन नसक्दा भवन खण्डहर भएको थियो भने मेसिनहरु काम विहिन भएका थिए ।
“अहिले हामीले निकै मेहेनत गरेर सरकारी प्रेसबाटै लाइसेन्छ छपाइ सुरु गरेका छौ”,सञ्चारमन्त्री खरेलले भन्नुभयो,“ २८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ ।
लाईसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत छपाई सधै विदेशी कम्पनीलाई ठेक्का दिएर रकम बाहिर जाने अवस्था र सुरक्षाको सवाल पनि उठ्ने गरेको थियो । यसले रकम जोगाएको र आत्मनिर्भरता तर्फ अघि बढेको बताउनुभयो ।
मन्त्रालयका सचिव राधिका अर्यालले छपाईको हजारौं किलोमिटरको यात्रा काभ्रेपलाञ्चोकको मुन्द्रण केन्द्रबाट सुरु भएको उल्लेख गर्नुभयो । उहाँले मुन्द्रण सुरक्षण प्रेस संञ्चालनमा तत्कालिन सूचना प्रविधि पार्कको नाममा रहेको जग्गा र भवन, मुद्रण पेसको नाममा ल्याउन भुमिका खेल्ने पूर्व मन्त्री गोकुल बाँस्कोटा र मुद्रण प्रेसमा छपाईको निरन्तर प्रयास गर्नुहुने पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङले योगदानले पनि आज लाईसेन्स छाप्न सफल भएको बताउनुभयो । उहाँले वर्तमान मन्त्रीले खेलेको भुमिकाले अझ समयमै लाईसेन्स छपाउन सफल भएको बताउनुभयो ।
पनौती नगरपालिकाको प्रमुख रामशरण भण्डारीले देशका लागि आवश्यक महत्वपुर्ण सामाग्री छाप्न आफ्नो जिल्लाले योगदान दिएकोमा खुुसी व्यक्त गर्नुभयो । उहाँले छपाईको कामले निरन्तरता पाउने बताउनुभयो ।
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले विभिन्न कानूनी उल्झन र प्राविधिक जटिलता समाधान गरेर छपाइको काम सुरु गरिएको बताउनुभयो ।
उहाँले पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौता भएअनुरुप शुक्रबारबाट काम सुरु गरिएको हो । सुरुमा दैनिक पाँचसय र यसको मात्रा बढाउदै लगिने केन्द्रले जनाएको छ । कार्डमा आधारित छपाई सुरु गरिएको हो ।
ढुंगानाका अनुसार आजकै मितिदेखि नागरिकता, अन्तशुल्क स्टिकर, हुलाक टिकट, लालपूर्जा र भिसा स्टिकर छपाई गर्न सकिनेछ । सुरक्षण मुद्रण केन्द्रमा हालसम्म झण्डै रु तीनअर्ब लगानी भएको छ ।
यातायात व्यवस्था विभागका निमित्त महानिर्देशक नरहरि तिवारीले आफ्नो विभागका लागि आजको दिन महत्वपुर्ण रहेको बताउनुभयो । तोकिएको मापदण्डमा लाईसेन्स छपाउन नसकेको समयमा नेपाल सरकारकै स्वामित्वमा रहेको मुद्रण केन्द्रले छपाईको काम सुरु गरेर सेवा प्रवाहमा महत्वपुर्ण दिन बन्न सकेको बताउनुभयो । उहाँले सुरुमा विदेश अध्ययनका लागि जाने विद्यार्थी, रोजगारीका लागि विदेश जानेलाई प्राथमिकताको छपाई गर्ने बताउनुभयो ।
उहाँले नेपालको लाईसेन्सले विश्वका ४० मुलुकले मान्यता दिएको र मुद्रण केन्द्रलाई गुणस्तरमा ध्यान दिन अनुरोध गर्नुभयो । उहाँले सकेसम्म धेरै तथ्याङ्क उपलब्ध गराएर छाप्न बाँकी रहेको लाईसेन्स समयमै छाप्ने व्यवस्था मिलाउन विभाग लाग्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया