पश्चिमी मुलुकमा नेपाली छुर्पीको लोकप्रियता बढेसँगै नेपालको छुर्पी (डक च्यु) ले निर्यातमा हालसम्मकै नयाँ ईतिहास रचेको छ । भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्षमा १६ लाख ४७ हजार किलो छुर्पी निर्यात भएकोमा आर्थिक बर्ष ०८१÷८२ मा २६ लाख एक हजार केजी छुर्पी निर्यात भएको हो । सो छुर्पीको मूल्य ४ अर्ब ५१ करोड हो । यो निर्यातले आ.व. ७९÷८० मा भएको १७ लाख ८६ हजार किलोको रेकर्ड तोडेको छ ।
विभागका अनुसार आर्थिक बर्ष आर्थिक बर्ष ७७÷७८ मा एक अर्ब ९६ करोडको छुर्पी बिकेर नयाँ रेकर्ड कायम भएको थियो । त्यसपछि ७८÷०७९ मा दुई अर्ब ९१ करोड, ०७९÷८० मा ३ अर्ब ४० करोड, ८०÷८१ मा ३ अर्ब १८ करोड र ८१÷८२ मा ४ अर्ब ५१ करोड बराबरको छुर्पी निर्यात भएको छ ।
विभागका अनुसार यो वर्ष २५ देशमा नेपालको छुर्पी पुगेको छ । अमेरिका,क्यानडा जापान र कोरियामा सबै भन्दा धेरै छुर्पी जाने गरेको छ । सरकारले छुर्पी निर्यातमा दिईएको भन्सार छुट र खोरेत रोगको जोनिङ्ग र कम्पार्टमन्टलाईजेसनको कार्यान्वयन भएपछि युरोपका देशहरुमा निर्यातको वातावरण बनेको नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा.मनोजकुमार शाहीले जानकारी दिनुभयो ।
विदेशमा कुकुर बिरालोलाई खुवाउन छुर्पी अर्थात ‘डग च्यु’ निर्यात हुने गरेको छ । ‘डग च्यु’एक प्रकारको छुर्पी नै रहेको शाहीले उल्लेख गर्नुभयो । मानिसले खाने छुर्पीभन्दा डग च्युमा चिल्लोको मात्रा शून्य हुने गर्दछ । मानिसले खाने छुर्पीमा चिल्लोको मात्रा पनि हुन्छ ।
बिरालो र कुकुरको आहारको रूपमा अमेरिकालगायत युरोपेली मुलुकमा निकासी हुने छुर्पी बनाउँदा दूधलाई फटाएर विभिन्न प्रक्रियाहरू पूरा गर्दै बनाईने नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले उल्लेख गर्नुभयो ।
पछिल्लो समय छुर्पीको निर्यात बढ्दो अवस्थामा रहेको उल्लेख गर्नुभयो । दूध फटाएर तयार पारेको छेनालाई २४ घण्टासम्म गह्रौ वस्तुले किचेर राख्नुपर्छ । त्यसपछि सुरुमा यसलाई हावा मात्रै लाग्ने र चिसो ठाउमा राख्नुपर्छ र क्रमशः तातोमा सार्दै लानु गरिन्छ । छुर्पी बनाउने प्रक्रिया पछि त्यसलाई सुकाउन धुवाँ लगाउनुपर्छ । धुवाँ लाग्ने ठाउँ अथवा तलामुनि आगो फुकिन्छ र टाँडमाथि छुर्पी राखेर सुकाउने गरेको उहाँले बताउनुभयो । पुर्वी नेपालको ईलाम, पाँचथर, ताप्लेजुङमा त्यसरी नै छुर्पी बनाउने गरिएको छ ।
ईलामका व्यवसायी हरि गुरुङले धुवाँ लागेको छुर्पी कुकरले बढी मन पराउने र एक महिना लगाएर छुर्पी सुकाईने र छुर्पी सुकेपछि संकलनकर्तामार्फत राजधानीका फर्महरूलाई बिक्री गरिने र विदेश निर्यात गरिने उल्लेख गर्नुभयो ।
छुर्पीको उत्पादन र निर्यातमा आबद्ध निजी क्षेत्र भने तथ्याङ्कमा देखिए बराबर नै छुर्पी अनौपचारिक माध्यमबाट निर्यात हुने गरेको दाबी गर्छ विदेशमा निर्यात गनेगरी स्थापित छुर्पी उद्योग भने इलाम र पाँचथर लगायतका क्षेत्रमा छन् ।
गुरुङले तथ्याङ्कमा देखिए जति नै छुर्पी अनौपचारिक माध्यमबाट विदेश जाने गरेको उल्लेख गर्नुभयो । ‘‘नेपालमा उत्पादित छुर्पी अनौपचारिक माध्यमबाट भारत जान्छ र भारतमा उत्पादित भन्दै विदेश निर्यात हुन्छ’’ गुरुङले उल्लेख गर्नुभयो । नेपालले विश्वबजारको मागअनुसारको छुर्पी आपूर्ति नै गर्न सकेको छैन । विश्वबजारको मागअनुसारको आपूर्ति गर्न सकेमा नेपालका लागि विदेशी मुद्रा आर्जनको गतिलो स्रोत छुर्पी हुन सक्ने भएपनि त्यसमा सरकारी निकायले भुमिका खेल्न सकेको छैन । नेपालका कूल दूध उत्पादनको १६ प्रतिशत दूध छुर्पी बनाउने कार्यमा प्रयोगहुँदै आएको तथ्याङ्क रहेको नेपाल पशु चिकित्सा परिषद्ले उल्लेख गरेको छ ।
छुर्पी निर्यातमा नयाँ रेकर्ड
2025-07-29T07:06:12+05:45

तपाईको प्रतिक्रिया