विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले प्रभातफेरीको आयोजना गरेको छ । सोही अवसरमा नसर्ने रोगहरुको निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरमा नसर्ने रोगहरुको स्क्रिनिङ्ग गरिएको थियो । उमेर अनुसार तौल तथा हाईट, सुगर, प्रेसर, युरिन मार्फत मृगौला तथा शरिरका अन्य भागमा हुन सक्ने रोग र त्यसको संक्रमण, रोग अनुसारको स्वास्थ्य सेवा परामर्श उपलब्ध गराईएको अध्यक्ष विनोदकुमार न्यौपानले जानकारी दिनुभयो ।
शिविरका लागि जनस्वास्थ्य कार्यालय काभ्रेको प्राविधिक र जिल्ला सहकारी संघको आर्थिक सहयोग रहेको सचिव नगेन्द्र अधिकारीले उल्लेख गर्नुभयो । उहाँले जिल्लाका सक्रिय पत्रकारहरुको शिविरमा सहभागिता रहेको थियो । अधिकांश पत्रकारहरुलाई उमेर अनुसारको तौल कायम राख्न परार्मश दिईएको थियो ।
प्रभातफेरी कार्यक्रम बनेपाको चारदोवाटो चोकबाट चाँदनी चोक हुँदै गोदामचोकमा पुगेर सभामा परिणत भएको थियो । प्रभातफेरी कार्यक्रममा पुर्व अध्यक्षहरु भोजराज तिमल्सिना, इश्वरी ओझा, महेश पौडेल, मोतीराम तिमल्सिना तथा संगठनका अध्यक्ष तथा पदाधिकारीहरु, महासंघका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । प्रभातफेरी पछि आयोजित सभामा बोल्दै अध्यक्ष विनोद न्यौपानेले पत्रकार हत्या, धम्की तथा स्वतन्त्र प्रेस माथी विभिन्न समयमा भएका ज्यादतीहरु रोक्न सरकारलाई अनुरोध गर्दै पत्रकारहरुको सुरक्षामा ध्यान दिन अनुरोध गर्नुभयो ।
पत्रकार महासंघको प्रभातफेरि र स्वास्थ्य शिविर
2025-05-03T14:07:53+05:45
तपाईको प्रतिक्रिया