
काठमाडौं, वैशाख १७ गते ।
स्पाइनल इन्जुरी तथा पुनर्स्थापना सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएका डा. राजु ढकाललाई बेलायतस्थित “World Book of Records, London” ले प्रतिष्ठित “Certificate of Excellence” अवार्ड प्रदान गरेको छ ।
डा. ढकाल हाल स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रका मेडिकल डाइरेक्टर, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत Physical Medicine and Rehabilitation Fellowship Programme का Programme Director तथा Nepalese Society of Physical Medicine and Rehabilitation का अध्यक्ष रहनुभएको छ ।
उहाँलाई प्रदान गरिएको उक्त सम्मान पुनर्स्थापना चिकित्सा तथा स्पाइनल इन्जुरी केयर क्षेत्रमा उहाँले पुर्याउनुभएको दीर्घकालीन योगदानको कदरस्वरूप प्रदान गरिएको बताइएको छ ।
डा. ढकालले स्पाइनल इन्जुरी भएका बिरामीको उपचार, पुनर्स्थापना सेवा विस्तार, स्वास्थ्य शिक्षा, अनुसन्धान तथा नीतिगत सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँको योगदानले नेपालमा Physical Medicine and Rehabilitation सेवाको विकासमा महत्वपूर्ण टेवा पुगेको सरोकारवालाहरूले बताएका छन् ।
उक्त सम्मानलाई सम्पूर्ण Physical Medicine and Rehabilitation क्षेत्रकै लागि गौरवको विषयका रूपमा हेरिएको छ । विभिन्न स्वास्थ्यकर्मी, पुनर्स्थापना क्षेत्रमा कार्यरत व्यक्तित्व तथा शुभेच्छुकहरूले डा. ढकाललाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया