
काभ्रेपलाञ्चोक, वैशाख १६ गते । काभ्रे जिल्लामा पहिलो पटक बनेपा स्थित यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी ट्रायल परीक्षा सञ्चालन गरिएको छ। बुधबार सम्पन्न उक्त परीक्षामा कुल २६ जना परीक्षार्थी उत्तीर्ण भएका छन्।
कार्यालयका अनुसार चार पाङ्ग्रे सवारीतर्फ १५ जना परीक्षार्थी उत्तीर्ण भएका छन्, जुन कुल सहभागीको करिब ६० प्रतिशत हो। त्यस्तै दुई पाङ्ग्रे सवारीतर्फ ११ जना उत्तीर्ण भएका छन्, जुन ५५ प्रतिशत रहेको जनाइएको छ।
यसअघि सञ्चालन गरिएको लिखित परीक्षामा ८५ जना सहभागी भएका थिए। तीमध्ये एक जना परीक्षामा अनुपस्थित रहे भने १४ जना अनुत्तीर्ण भएका थिए। लिखिततर्फ कुल ७० जना परीक्षार्थी उत्तीर्ण भएका छन्।
स्थानीय स्तरमै ट्रायल परीक्षा सञ्चालन हुन थालेपछि सेवाग्राहीलाई सहज हुने अपेक्षा
गरिएको छ।
काभ्रेमा पहिलो पटक बनेपा यातायात कार्यालयमा ट्रायल परीक्षा सञ्चालन, २६ जना उत्तीर्ण
2026-04-29T20:08:34+05:45

तपाईको प्रतिक्रिया