बनेपामा खुल्यो ‘श्याम स्विट्स मिठाई’

 

बनेपा– बनेपाको मुख्य बजार क्षेत्रमा ‘श्याम स्विट्स मिठाई’ नामक नयाँ मिठाई पसल सञ्चालनमा आएको छ। मिठाईका पारखीहरूलाई लक्षित गर्दै परम्परागत तथा आधुनिक स्वादको समिश्रणसहित पसल सञ्चालनमा ल्याइएको सञ्चालक सुरेश कुमार पुनियाले जानकारी दिए।

उनका अनुसार ग्राहकलाई स्वच्छ, स्वादिष्ट र गुणस्तरीय मिठाई उपलब्ध गराउने उद्देश्यले पसल सुरु गरिएको हो। विवाह, व्रतबन्ध, जन्मदिन, पूजा तथा अन्य विभिन्न सभा–समारोहका लागि अर्डर अनुसार मिठाई तयार गरिने व्यवस्था गरिएको छ।

पसलकी अर्की सञ्चालक पूजा सुल्तानियाले विशेष गरी घिउबाट मात्रै मिठाई बनाइने भएकाले स्वाद र गुणस्तरमा कुनै सम्झौता नगरिने बताइन्। “ग्राहकको विश्वास नै हाम्रो प्राथमिकता हो, त्यसैले सफा वातावरण र शुद्ध सामग्री प्रयोगमा विशेष ध्यान दिएका छौं,” उनले भनिन्।

स्थानीय स्तरमै गुणस्तरीय मिठाई उपलब्ध गराउने लक्ष्यसहित सञ्चालनमा आएको ‘श्याम स्विट्स मिठाई’ ले बनेपाका मिठाई प्रेमीहरूका लागि नयाँ विकल्प थपिएको विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया