बनेपा । समुदायमा आधारित रहेर बैंकिक कारोबार गरिरहेको गरिमा विकास बैंकले समुदायमा ट्राफिक व्यवस्थापनमा कृयाशिल
रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे बनेपालाई आवश्यक रहेको एक थाना कम्युटर हस्तान्तरण गरेको छ । गरिमा विकास बैंकको बनेपा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोक लाई कम्प्यूटर हस्तान्तरण गरेको जनाएको छ ।
बैंकको तर्फबाट शाखा प्रबन्धक उमेशराज गिरीले जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकका ट्राफिक प्रमुख विकाश कुमार तामाङलाई कम्प्यूटर हस्तान्तरण गर्नुभयो ।
सो बैंक स्याङ्जाको बालिङमा स्थापना भएर केन्द्रिय कार्यालय लाजिम्पाटमा रहि देशैभरी १२३ वटा शाखा, १ वटा एक्स्टेन काउन्टर र ५१ वटा एटिम मेसिनबाट सेवा प्रदान गर्नेे गरेको बैंकले जनाएको छ ।
८ लाख २५ हजार भन्दा बढी ग्राहकहरुलाई प्रत्यक्ष रुपमा सेवा प्रवाह गर्दै आईरहेको र बैंकले काभ्रेको मुटु बनेपाको चारदोबाटोमा रहेको बनेपा शाखाले काभ्रे , भक्तपुर, सिन्धुपाल्चोक क्षेत्रका ग्राहकहरुलाई चुस्त दुरुस्त सेवा प्रबाह गर्दै आईरहेको जानकारी शाखा प्रबन्धक गिरीले दिनुभयो । उक्त बैकले नाफामुखी मात्र नभई समाजमा हित हुने सामाजिक उत्तरदायित्वका कामहरु देशैभरीबाट गर्दै आईरहेको छ ।
यस सहकार्यले जिल्ला भरी भएका ट्राफिक नियम उलंघनको रेकर्ड, राजश्व संकलन तथा अन्य कार्यालयको प्रशाशनिक कामकाजमा सहजता हुने जिल्ला ट्राफिक प्रमुख तामाङले जानकारी गराउदै गरिमा विकास बैकको बनेपा शाखालाई धन्यवाद व्यक्त गर्नुभयो ।
तपाईको प्रतिक्रिया