ग्रामीण जनस्वास्थ्य सुर्धान मन्त्री किरणको सकृयता


महाभारत । जनतासँग एकाकार भएको व्यक्ती नेता भयो भने के हुन्छ भन्ने उदाहरण बन्नु भएको छ प्रदेशको स्वास्थ्यमन्त्री किरण थापामगर । उहाँ आफ्नो कार्यक्षेत्रमा पर्ने जिल्लाका विकट गाउँमा पुगेर स्वास्थ्य शिविर आयोजना गर्नमै व्यस्त हुनभएको छ । केही दिनअघि धादिङको रुबीभ्याली गाउँपालिकामा पुगेर स्वास्थ्य शिविर गर्नुभएको उहाँले मंगलबार र बुधबार, बिहीबार फेरि काभ्रेपलाञ्चोकको विकट महाभारत गाउँपालिकामा पुगेर स्वास्थ्य शिविर आयोजना गर्नुभएको हो । तीन दिने शिविरमा विभिन्न रोगका बिशेषज्ञ सहितको डाक्टरहरुद्वारा चेकजाच तथा अन्य सेवाहरु प्रदान गरिएको छ । सो स्वास्थ्य शिविरबाट कम्तिमा एक हजार ६ सय जना लाभान्वित हुने अनुमान गरिएको छ ।
महाभारत गाउँपालिकाको वनखु र गोकुलेधापमा भएका शिविरमा सबै उमेर समुहका नागरिकले सेवा लिनु भएको छ । शिविरमा हार्डजोर्जी तथा नशारोग, स्त्रीरोग सम्बन्धी, भिडियो एक्सरे सेवा, दन्त चिकित्सा सेवा, नेत्र चिकित्सक द्वारा आँखा परिक्षण तथ तथा उपचार सेवा प्रदान गरिएको छ ।
त्यस्तै, बालरोग उपचार तथा व्यवस्थापन, जनरल फिजिसियनद्वारा परिक्षण तथा उपचार सेवा,आयुर्वेद सेवा, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने,स्वास्थ्य आमा समुहमा पोषण मुख स्वास्थ्य तथा हातको सरसफाई बारे अन्तरक्रिया कार्यक्रम, विद्यालयको विद्यार्थीहरुको पोषण मुखको सरसफाई तथा हात धुने तरिकाबारे सिकाईरअन्तरक्रिया लगायतका सेवाहरु प्रदान गरिएको थियो । महिला हिंसा विरुद्धको लैगिंक, हिंसा र वालविवाह अन्त्यको लागि बालबालिकाको भुमिका विषयक वक्तृत्वकला प्रतियोगिता दुई नैे ठाँउमा आयोजना गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य मन्त्री थापाले महाभारत गाउँपालिका लाई १ थान ग्रामिण अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गर्नुभयो । उहाँले स्वास्थ्य सेवा दुर्गम देखी सुगम क्षेत्रमा लिएर जाने बताउनुभयो । अझ ग्रामीण क्षेत्रको स्वास्थ्य पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो । स्वास्थ्य सेवा हरेक नागरिकको अधिकार भएको भन्दै यसको बिस्तारमा मन्त्रालयले काम गरिरहेको उल्लेख गर्नुभयो ।
महाभारत गाउँपालिकाको संयोजनमा तीन दिनसम्म संचालन भएको शिविरमा दुई हजारले सेवा लिनु भएको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । उहाँले यस्तो शिविरले आफ्नो गाउँपालिकाका नागरिकलाई सेवा दिन सकेको उल्लेख गर्नुुभयो ।

तपाईको प्रतिक्रिया