
बनेपा । जनप्रतिनिधीको मन ठूलो भएपछि त्यसले जनस्तरसम्म काम गर्छ भन्ने उदाहरण बनेपा नगरपालिकाका जनप्रतिनिधी बनेका छन् । हरेक बर्ष जेष्ठ नागरिकलाई सहयोेग र सेवा गर्दै आएको बनेपा नगरपालिकाले यो बर्षपनि आफ्नो नगर क्षेत्र भित्रका नागरिकलाई सम्मान गरेको छ । बनेपा नगरपालिकाले नगर भित्र रहेका ८२÷८३ उमेरका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ ।
शाखा प्रमुख विजया सुवेदीले आफ्नो नगरका जेष्ठ नागरिकलाई विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि सम्मान गरेको जानकारी दिनुभयो । उहाँका अनुसार बनेपा नगरपालिका वडा नं १ देखि १४ नम्बर सम्मका जेष्ठ नागरिकहरुलाई कम्बल, तन्ना, बिस्कुट र कन्फेल्क्स लगायतका सामाग्री सहित सम्मान गरेको हो । यो कार्यबाट जेष्ठ नागरिक औधि खुसी हुनु भएको छ । नगरले सम्मान गरेपछि आफ्नो परिवारमा झन सम्मान मिल्ने बताउनुभयो ।
नगर प्रमुख शान्तिरत्न शाक्यले जेष्ठ नागरिकहरुको आर्शीवादका कारणले नै आफु यो ठाँउमा आउन पाएको बताउनुभययो । उहाँले सदैव आफूले जेष्ठ नागरिकलाई सम्मान गर्नुुपर्ने मान्यता राखेको बताउनुभयो ।
आफूले सधै जेष्ठ नागरिक आमाबुबाहरुको अनुहारमा खुशी देख्न चाहेको बताउनुहुँदै नगरपालिकाले गत वर्षबाट हजुरबुबा हजुरआमको लागि भनेर निशुल्क दाँत राख्ने, मोतिबिन्दुको निशुल्क अप्रेशन, स्वास्थ्य परिक्षण र सम्मान गर्दै आएको बताउनुभयो । दात हालेपछि आफ्नो व्यक्तीत्वमै फरकपन आएको जेष्ठ नागरिकले बताउने गर्नुभएको छ ।
उप प्रमुख बिमला सापकोटाले नगर भरी ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई नजिकैको तिर्थटान गर्ने योजना रहेको बताउनुभयो । उहाँले जेष्ठ नागरिकसँगको सिप, क्षमतालाई सम्मान गर्ने र सो सिपलाई पसुस्बताईन् । जेष्ठनागरिकहरुको सुविधाका लागी वडा वडामा स्वास्थ्य परिक्षण, बैक सम्म जान नसक्नेहरुलाई घरमै सामाजिक सुरक्षा भत्ता वितरण जस्ता कार्य गरेको सापकोटाले बताईन् । जेष्ठ नागरीक सम्मानलाई निरन्तरता दिने समेत उप प्रमुख सापकोटाले बताउनुभयो । कार्यक्रममा नगरका १ सय ३७ जनालाई यो चरणमा सम्मान गरिएको छ ।
बुधबार नै बनेपा नगरले नेपाल रेडक्रस सोसाईटी काभ्रेसँग ऐतिहासिक सम्झौता गरेको छ । बनेपा नगरपालिकाका स्थायी बासिन्दालाई अब निशुल्क रुपमा रगत उपलब्ध हुने सम्झौता भएको उपप्रमुख बिमला सापकोटाले काभ्रे हेडलाईनलाईनलाई जानकारी दिनुभयो । बनेपा नगरपालिका र नेपाल रेडक्रस सोसाईटी काभ्रे जिल्ला शाखा रक्त सञ्चार सेवाबीच बनेपाका स्थायी बासिन्दालाई निशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो ।
सो सम्झौतापत्रमा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य उप प्रमुख विममा सापकोटाको रोहवरमा प्रमुख प्रशासकिय अधिकृत पोषण लामिछानेले तथा रेडक्रसका तर्फबाट जिल्ला सभापति देबेन्द्र भैलले हस्ताक्षर गर्नुभएको हो । ऐतिहासिक बिषय के छ भने अधिकृत लामिछाने पनि बनेपाकै स्थायी वासिन्दा हुनुहुन्छ ।
रगत तथा रक्त तत्व आवश्यक पर्दा स्टकमा उपलब्धका आधारमा प्राथमिकता दिई रक्तसञ्चार केन्द्रले बनेपा नगरपालिकाका स्थायी बासिन्दालाई रगत उपलब्ध गराउने भएको हो ।

तपाईको प्रतिक्रिया