इन्द्रावती तरेर सुनकोशिमा भेटौ न

– इन्द्रावती तरेर सुनकोशिमा भेटौ न ,
भिमसेन स्थान पुगेर मनोकामना भाकौ न ।
पहरीको झांकीमा मौलिक नाच नाचौन
ए माझि दाइ !
फुर्लुङैमा माछा बोकि डुङ्गा तरौन ।
नागी चुच्चे ढुंङ्गा बाट फल्टे फांट हेरौ न
गरा गरा आलिमा सुन झै धानका बाला झुलेका
हिरा झै हिमाल टल्केका ,मनमै कइद गरौन
भुम्लुको तामाङ सस्कृती डम्फु बजेको तालैमा
ए तामाङनि दिदी !
तामाङङैको सेलोमा मनको बह घन्काउ न ।
भुम्लुको उर्वर माटोमा उम्रेका हाम्रा मुना हो
प्रतिभाको प्रकाशलाई संसार भरी छर न ।
ढुङ्गा पनि पगाल्नु छ, पानीमा आगो सल्काउनु छ ,
ए दिदी बहिनीहो !
शक्तिको ढोका खोलौ न ।
उच्च निच्च ,धनी गरिब , अछुतोको कस लाई
चेतनाको बाढीले लछारेर फाल्नु छ ।
प्राकृको उपहार सदुपयोग सबैले गरौन
ए युवा दिदिबहिनी हो ।
यो हाम्रो भुम्लु लाई
संसारकै राम्रो बनाउन ।
– प्रेम बहादुर भुजेल, भुम्लु काभ्रे ।

तपाईको प्रतिक्रिया