मण्डनदेउपुरबासीको तर्फबाट देवीप्रतिभालाई ब्रम्हायणीमा सम्मान

देउपुर÷ब्रम्हायणी मन्दिरमा देवी प्रतिभालाई विशेष सम्मान गरिने भएको छ । मण्डनदेउपुरमा जन्मिएर अन्तराष्ट्रियस्तरमा नेपालमा गरिमा राख्न सफल प्रतिभा पराजुलीलाई मण्डनदेउपुरमै पहिलो पटक ब्रम्हायणी मन्दिर संरक्षण समिति परिवारले सम्मान र अभिनन्दन गर्न लागेको हो ।
नेपालकै शक्तीशाली शक्तीपिठमध्येको एक ब्रम्हायणी देवीको दर्शन तथा अभिनन्दन गर्न लागिएको संरक्षण समितिका अध्यक्ष शेरबहादुर डोटेलले बताउनुभयो । उहाँले नेपालकै गौरवको रुपमा रहनु भएको देवी प्रतिभाको सम्मान गर्न लागेको उल्लेख गर्नुभयो । उहाँले यस्तो गौरवमय अवसरमा उहाँले मण्डनदेउपुरबासीमा निमन्त्रणा गर्नुभएको छ ।
साउन १३ गते आईतबार दिउँसो एक बने मण्डनदेउपुर नगरपालिका वडा नं ५ मा सो कार्यक्रम आयोजना गर्न लागिएको हो । ब्रम्हायणी मन्दिरलाई साक्षी राखेर समग्र मण्डनदेउपुरबासीको तर्फबाट सम्मान गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो ।

 

तपाईको प्रतिक्रिया