धुलिखेल÷जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलले अघिल्लो आर्थिक बर्षमा गरेको कामको समीक्षा तथा आगामी बर्ष गर्ने कार्य बारे जिल्लाका संचारकर्मीसँग छ ।
जनस्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
कक्षपतिले नेपालको स्वास्थ्य अवस्थामा बागमती प्रदेश र काभ्रेपलाञ्चोक जिल्लाको स्थितीका बारेमा जानकारी दिनुभएको । बागमती प्रदेशमा काभ्रेपलाञ्चोक जिल्ला धेरै हिसाबले अग्र स्थानमा रहेको विवरण पेस गर्नुभयो । उहाँले स्वास्थ्यमा क्षेत्रमा सुधार ल्याउन तीन तहका सरकारको समन्वय र सहकार्यमा विशेषगरी सर्ने भन्दा नसर्ने रोगको न्यूनीकरण र रोग लाग्नै नदिने विषयमा सचेतना फैलाउनु पर्नेमा जोड दिनुभयो ।
जनस्वास्थ्य अधिकृत दिपेन्द्रकाजी श्रेष्ठले काभ्रेपलाञ्चोक जिल्लामा संचालन भएका विभिन्न कार्यक्रमहरुमा भएको प्रगति र आगामी योजनाका बारेमा जानकारी दिनुभयो । जिल्लामा रेविजको महामारी रहेको तर रेविजका लागि आवश्यक पर्ने खोप लगायतका सेवाको अभाव रहेको सो अवसरमा जानकारी दिईयो ।
आर्थिक वर्ष २०८२÷२०८३ का नीति तथा कार्यक्रमका बारेमा जानकारी गराउँदै जनस्वास्थ्य श्रेष्ठले नेपालमा प्रजनन दरको अवस्था, प्रसुतीको अवस्था, खोप तथा रोगहरुको अवस्थाका बारेमा जानकारुी गराउँदै कुल सुत्केरीको ७.२७ प्रतिशत २० वर्ष मुनिका बालिकाहरु रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया