
संस्थागत अर्थात बोर्डिङ स्कुलले नेपाली भाषाको विकासमा खासै चासो दिदैनन् भन्ने गुनासो पनि सुनिने गरेको छ । तर त्यसको फरक काभ्रेपलाञ्चोकको बनेपामा संस्थागत विद्यालयको छाता संस्था प्याब्सनले नेपाली भाषाको शुद्धता, व्यावहारिक प्रयोग र शिक्षण क्षमता अभिवृद्धि गर्ने उदेश्यले नेपाली भाषा व्याकरणसम्बन्धी एकदिने क्षमता अभिवृद्धि तालिम संचालन गरेको छ ।
बनेपा क्षेत्रका ४५ वटा विद्यालयका ८० जना शिक्षकशिक्षिकाको सहभागिता तालिम संचालन भएको आयोजक संस्थाका अध्यक्ष अध्यक्ष महेन्द्र बिष्टले उल्लेख गर्नुभयो ।
तालिममा नेपाली भाषा व्याकरणका आधारभूत तथा व्यवहारिक पक्ष, शिक्षण क्रममा देखिने भाषिक त्रुटि, लेखन र अभिव्यक्तिको स्पष्टता लगायत विषयमा केन्द्रित रहेर छलफल तथा प्रस्तुति गरिएको थियो। सहभागीहरूले तालिमलाई अत्यन्त उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएको उहाँले बताउनुभयो ।
शैक्षिक गुणस्तर अभिवृद्धि र शिक्षकहरूको पेशागत क्षमता विकासका लागि प्याब्सन बनेपाले समय–समयमा यस्ता तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आइरहेको जनाइएको छ। यही निरन्तरताको रूपमा उक्त तालिम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सबै प्रशिक्षक, सहभागी विद्यालय तथा सहयोगी संस्थालाई धन्यवाद दिएको छ ।
प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलले सहभागीलाई प्रमाणपत्र वितरण गर्नुभयो । प्रभाती किरणले प्रशिक्षण दिनु भएको तालिमको सहजीकरण ग्रिन बुक्सले गरेको थियो ।

तपाईको प्रतिक्रिया