क्रिसमसको अवसरमा शीर मेमोरियलको खुसी साटासाट


बनेपा । समुदायमा आधातिर र गरिबको अस्पतालको रुपमा विकसित भएको शीर मेमोरियल एडभेन्टिस्ट अस्पताल बनेपाले क्रिसमसको अवसरमा समुदायमा माया साटासाट गरेको छ । सो अवसरमा क्रिसमस रात्रि भोज मार्फत अझ मायालाई प्रगाढ बनाउने प्रयास गरेको छ ।
अस्पताल सदैव समुदायसँग रहको र आगामी दिनमा पनि रहने प्रतिबद्धता झल्काउँदै शीर मेमोरियल अस्पतालले समुदायसँगको आपसी सम्बन्ध सुदृढ गर्ने, प्रेम, सेवा र सद्भावलाई अझ मजबुत बनाएको हो । प्रदेश, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय समुदायको सहभागितमा अस्पतालले खुसी साटासाट गरको हो ।
बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादेले शीर मेमोरियल एडभेन्टिस्ट अस्पतालको स्थापना र त्यसले समुदायमा पु¥याएको योगदानका बारेमा चर्चा गर्नुभयो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसले समुदायसँगको प्रेम सद्भाव र त्यसका महत्वपूर्ण पक्षहरुका बारेमा उल्लेख गर्दै अस्पतालले प्रदान गर्ने सेवाको गुणस्तरमा पनि प्रेम झल्कने उल्लेख गर्नुभयो ।


स्थापनाकालदेखि नै अस्पतालले उपचारात्मक सेवासँगै रोकथाममुखी स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा, सामुदायिक स्वास्थ्य कार्यक्रम तथा विपन्न वर्ग लक्षित सेवामा विशेष ध्यान दिँदै आएको छ । अस्पतालले आकस्मिक सेवा, आमा तथा शिशु स्वास्थ्य, शल्यक्रिया, बाह्य तथा आन्तरिक रोग उपचार, प्रयोगशाला सेवा लगायतका स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । डा. गायरसले समुदायको विश्वास, स्थानीय सरकारको सहकार्य तथा स्वास्थ्यकर्मीहरूको समर्पणका कारण अस्पतालले निरन्तर सेवा विस्तार गर्न सफल भएको छ ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य रत्न ढकालले शीर मेमोरियल अस्पतालले जिल्लाको स्वास्थ्य क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले शीर मेमोरियल अस्पताल बनेपा नगरको महत्वपूर्ण स्वास्थ्य संस्थाका रूपमा स्थापित भएको उल्लेख गर्नूभयो ।
नगर उपप्रमुख विमला सापकोटाले अस्पतालले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा आर्थिक रूपमा कमजोर वर्गका लागि पु¥याउँदै आएको सेवाको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा बनेपा नपा वडा ५ का अध्यक्ष बलराम अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्दै अस्पतालले स्वास्थ्य सेवासँगै सामाजिक चेतना अभिवृद्धिमा खेलेको भूमिकाको चर्चा गर्नुभयो । क्रिसमस पर्वको अवसरमा आयोजित रात्रि भोजमा आपसी सद्भाव, प्रेम र सहकार्यको सन्देश प्रवाह गरिएको थियो । कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू, संघ–संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
शीर मेमोरियल एडभेन्टिस्ट अस्पतालले आगामी दिनमा पनि स्वास्थ्य सेवा सँगसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै अस्पतालका सुन्दर थापाले अस्पताल समुदायको सम्पत्ति रहेको उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया