यो बर्षपनि कुहियो पाँँचखालको कोल्डस्टोरमा राखेको आलु

पाँचखालमा रहेको नवप्रतिभा स्कूलका प्रिन्सिपल सरोज न्यौपानेले कोल्ड स्टोरेजमा राखेको आलुको बीउ कुईएको तस्बीर साझा गरेसँगै यो बर्ष पाँचखाल र मण्डनदेउपुरका किसान पुनः चिन्तामा परेका छन् ।
पाँचखाल नगरपालिका वडा नम्बर–६ काफ्लेडिहीमा रहेको कोल्ड स्टोरेजमा राखिएका आलुको बीउ यस वर्ष पनि कुहिएको पाइएको छ । अघिल्लो बर्षपनि आलुको बीउ कुहिएपछि व्यवस्थापकले क्षतिपुर्ती तिरेको थियो । तर यो बर्ष पनि त्यस्तै समस्या दोहोरिएको छ ।
यस्तो समस्या काभ्रेमा पहिलो पटक भने हैन । एक दशकअघि बनेपामा रहेको कोल्ड स्टोरले पनि आलुको बीउमा यस्तै समस्या देखिएको थियो । पाँचखाल, पनौती र बनेपामा रहेका कोल्ड स्टोरले यस्तै समस्या पार्दा किसान भने हरेक बर्ष मर्कामा परेका छन् । त्यहाँको आलु उम्रेको थियो ।
काफ्लेडिहीमा रहेको कोल्ड स्टोरेजमा समस्या हुँदै गरेको भनेर सोही वडाका अध्यक्ष रामशरण दुलालले दुई महिनाअघि नै जानकारी गराएका थिए । तर कोल्ड स्टोरेज संचालकले यो बर्षको आलुमा समस्या नभएको स्पष्टीकरण दिदै आएका थिए । तर दुलालले दुई महिना अघि भनेको जस्तै भएको छ । यो बर्षपनि कोल्ड स्टोरेजमा समस्या देखिएको छ ।
कोल्ड स्टोरका जानकारहरुका अनुसार बनेपा, भक्तपुरका कोल्डस्टोरमा राखेको आलुमा पनि समस्या देखिएको छ । तर चर्चा पाँचखालको मात्रै भएको भन्दै सबैतिरको आलु चेकजाँच गर्न अनुरोध समेत गरेका छन् ।
अघिल्लो बर्ष काफ्लेडिही कोल्ड स्टोरेजमा राखेको ४२ सय बोरा आलु कुहिएको थियो । त्यसको क्षतिपुर्ती कोल्ड स्टोर संचालकले तिरेका थिए ।
आलु रोप्ने वेलामा बिउ अभाव नहोस् भनेर पाँचखालका किसानले कोल्ड स्टोरमा भण्डारण गरे । आलु रोप्ने समय भयो । शीतभण्डारमा आलु स्टोर गरे पनि निकाल्ने वेलामा सबै आलु कुहिएको रहेछ । चैतदेखि असोज मसान्तसम्मका लागि राखेको आलु कुहिएको छ । अब कहाँ बाट बीउ ल्याएर रोप्ने, बीउ किन्न ऋण कोसँग माग्ने ? चिन्तित छन् किसान । नेपालभरका धैरे ठाउँमा किसानको आलु कुहिने समस्या बढ्दो छ ।
बर्षनी विभिन्न कारणले शीतभण्डार गएिको आलु कुहुँदा ठुलो क्षति किसानहरुले भोग्दै आएका छन् । यसबारे बिज्ञसँग सल्लाह गरेर हामीले किन आलु कुहिने बारेमा यो आलेख तयार पारेका छौ ।
नेपालमा आलु खेती

आलु बाली सिजन अनुसार उष्ण देखि शीतोष्ण सबै प्रकारको क्षेत्रमा खेती गर्न सकिने ज्यादै महत्त्वपूर्ण बाली हो । नेपालको तराई क्षेत्रमा जाडो मौसममा र पहाड तथा हिमाली क्षेत्रमा गर्मी मौसममा आलुको खेती गरिँदै आएको छ । आलुलाई हिमाली क्षेत्रमा प्रमुख खाद्यान्न बालीको रूपमा लिइन्छ भने तराई क्षेत्रमा तरकारीको रूपमा बढी प्रयोग गरिन्छ । नेपालको विविध हावापानीको कारण एकै समयमा कुनै स्थानमा आलु रोप्ने समय पर्दछ भने कुनै स्थानमा खन्ने समय पर्दछ । आलु व्यवसायमा सबैभन्दा धेरै लगानी बीउमा लाग्दछ र आलु बालीमा रोग सर्ने प्रमुख कारक पनि कमसल बीउ नै हो ।

नेपालमा व्यावसायिक आलु खेती गर्ने कृषकको लागि गुणस्तरीय बीउको अभाव प्रमुख समस्या हुन् । बीउ प्रयोजनको लागि होस् अथवा खान , आलु बिक्रीको लागि लामो समय भण्डारण गर्नुपर्ने हुन्छ । आलुको दानामा ८० प्रतिशतसम्म पानीको मात्रा भएको नरम खाद्य पदार्थ भएकोले धान, मकै कोदो जस्तो लामो समय भण्डारण गर्न जस्तो सजिलो छैन । साधारण सावधानी नअपनाई आलु भण्डारण गरेमा कीरा, मुसा, रोग तथा प्रतिकुल वातावरणको कारण चाडै नोक्सान हुने गर्दछ । आलु व्यवसाय सफल हुनको लागि भण्डार पक्ष महत्त्वपन हुन्छ । नेपालमा आलु खेती प्रवर्द्धनको लागि व्यावसायिक आलु खेती गर्ने कृषक, व्यापारी, उपभोक्ता तथा कृषि प्राविधिकहरू सबैलाई आलु भण्डारण प्रविधिबारे जानकारी हुन जरुरी छ ।

आलु भण्डारण गर्नुको मुख्य उद्देश्य आलुको गुण र परिमाण दुवैको संरक्षण गर्नु हो । खाने आलुको भण्डारण गर्नुको उद्देश्य आलुलाई चाउरिएर, टुसाएर अथवा कुहेर सडेर तौल घट्न नदिने, रोग व्याधिबाट रक्षा गर्ने, पाक्ने गुण तथा स्वादमा ह्रास आउन नदिने र लामो अवधिसम्म उपभोग योग्य बनाई राख्ने हो । त्यस्तै बीउ आलु भण्डारण गर्नुको उद्देश्य बीउ आलुलाई स्वस्थ राख्ने, उम्रने शक्ति कायम राख्ने, रोग व्याधिबाट बचाउने हो।

के करणले भण्डारणमा राखिएको आलु कुहिन्छ ?

आलु भण्डारण गर्नुको मुख्य उद्देश्य आलुको गुण र परिमाण दुवैको संरक्षण गर्नु हो । खाने आलुको भण्डारण गर्नुको उद्देश्य आलुलाई। चाउरिएर, टुसाएर अथवा कुहेर सडेर तौल घट्न नदिने, रोग व्याधिबाट रक्षा गर्ने, पाक्ने गुण (cooking quality) तथा स्वादमा ह्रास आउन नदिने र लामो अवधिसम्म उपभोग योग्य बनाई राख्ने हो । त्यस्तै बीउ आलु भण्डारण गर्नुको उद्देश्य बीउ आलुलाई स्वस्थ राख्ने, उम्रने शक्ति कायम राख्ने, रोग व्याधिबाट बचाउने हो। १. आलु भण्डारणमा प्रभाव पार्ने तत्त्वहरू ।
आलु एक जीवित वनस्पति हो । यसलाई ताजा अवस्थामा राख्नको लागि विभिन्न वातावरणीय अवस्थाले ठुलो भूमिका खेलेको हुन्छ । आलु भण्डारणमा प्रभाव पार्ने वातावरणीय तत्त्वहरूमा तापक्रम, वायु सञ्चार आद्रता, प्रकाश, आदि प्रमुख हुन भने अन्य कृषि कर्महरूमा खेती प्रविधि, जात, भौतिक क्षति, खन्ने तरिका, क्यूरिङ्ग, चिस्याउने प्रविधि (Cooling) ओसार प्रसार, प्याकिङ आदि पर्दछ ।

क) तापक्रम (Temperature)
आलु भण्डारणमा तापक्रमले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । बढी तापक्रममा आलुमा श्वासप्रश्वास प्रक्रिया छिटो हुन्छ र भण्डारण लामो समय गर्न सकिँदैन भने कम तापक्रममा श्वासप्रश्वास प्रक्रिया। ढिलो हुने हुँदा लामो समय भण्डारण गर्न सकिन्छ । न्यानो तापक्रमले गर्दा आलुको शारीरिक प्रक्रियाहरू तीव्र हुँदै जाने हुनाले सुषुप्तावस्थाको अवधि छोटो हुन आउँछ, अनि आलुमा छिट्टै टुसा आउन सुरु हुन्छ । तर चिसो हावापानी भएका क्षेत्रमा सुषुप्तावस्थाको अवधि लामो हुन्छ र चिसो तापक्रमले गर्दा आलु टुसाउन सक्दैन । ४° से. वा सो भन्दा कम तापक्रम भएमा ६-८ महिनासम्म टुसा देखिँदैन । सुषुप्तावस्था समाप्त भइसकेपछि ४° से. भन्दा माथि तापक्रम बढ्दै गएमा आलु टुसाउन थाल्दछ । टुसाको वृद्धि २०° से. सम्म बढ्दै जान्छ र सो भन्दा बढी भएमा टुसा बढ्ने शक्ति कम हुँदै जान्छ। २° से. भन्दा कम तापक्रममा आलुमा भएको पानी जम्न थाल्दछ र आलुको रङ्ग विकृत हुन थाल्दछ । त्यसैले आलु साधारणता २०-४° से. तापक्रममा भण्डारण गर्दा सबभन्दा कम नोक्सान हुन आउँछ । तर भण्डारणमा आलु के प्रयोजनका लागि राखिएको हो त्यसको आधारमा तापक्रम फरक पर्ने भएकोले सो को बिचार पुऱ्याउनु पर्दछ । जस्तै बीउको लागि २०-४° से., ताजा खानको लागि ४०-५° से. चिप्स बनाउन ७०-१०° से. र फ्रेन्च फ्राइजको लागि ५°-८° से. तापक्रममा भण्डारण गर्न उपयुक्त हुन्छ । शीत भण्डार सुविधा भएको स्थानमा माथि भनिए अनुसार तापक्रम मिलाएर भण्डारण गर्न। सकिन्छ, तर पसलमा खान आफल् बिक्रीको लागि अथवा दैनिक प्रयोगको लागि पनि आलु भण्डारण गर्नु पर्ने हुन्छ । यस्तो अवस्थामा आलुलाई घर भित्र सुरक्षित छाँया पर्ने, अध्यारोमा कुनै कारणले तापक्रम नबढ्ने उपाय गरेर राख्नु पर्दछ । आलु अथवा ताजा तरकारीहरूलाई २ डिग्री सेन्टिग्रेड भन्दा कम तापक्रममा फ्रिजमा राख्नु हुँदैन, कम तापक्रममा फ्रिजिङ समस्या हुन्छ र तरकारी कहिन थाल्दछ । शीत भण्डारमा ७/८ डिग्री। सेन्टिग्रेड तापक्रममा राख्दा स्टार्चबाट बनेको गुलियो पदार्थ दाना भित्र सञ्चित रहन्छ र यस्तो आलु खादा गुलियो हुन्छ । तर १७ १८ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गरेको आलु गुलियो हुँदैन । तराईमा गर्मी। हुने र बढी तापक्रम हुने हुँदा बीउ आलु शीत भण्डारमा राख्नु पर्दछ भने हिमाली प्रदेशमा कम तापक्रमको कारण रष्टिक स्टोर अथवा भकारीमा राखेर कृषकहरुले बीउमा प्रयोग गरेको पाइन्छ ।

ख) वायु सञ्चार (Ventilation)
आलु भण्डारण गर्दा भण्डारणमा उचित वायु सञ्चारको व्यवस्था। मिलाउनु अति जरुरी हुन्छ, जसले गर्दा आलुमा श्वासप्रश्वासबाट उत्पादित तापक्रम बढ्न दिँदैन । आलु भण्डार भित्र अक्सिजन उपलब्ध गराउन, चिसो र ताजा हावाको सञ्चार भई रहन आवश्यक छ । रष्टिक स्टोरमा। ताजा हावा भित्र पस्न जमिन सतहमा पर्ने गरी सानो झ्याल (Ventilation) राखिएको हुन्छ र केही अग्लो स्थानमा हावा फाल्न outlet ventilation झ्याल राखिएको हुन्छ । यसरी हावाको आवत जावत नमिलाएमा आलु। गुम्सिएर कुहिन थाल्दछ । शीत भण्डारमा पनि हावा फाल्ने फ्यान तथा तापक्रमको व्यवस्था गरिएको हुन्छ । विकसित देशहरूमा आलुको। थुप्रोमा हावाको सञ्चार मिलाउन हावा फाल्ने विद्युतीय फ्यानको सुविधा। मिलाइएको हुन्छ।

ग) सापेक्षिक आर्द्रता (Relative Humidity)
हावामा भएको जलवाष्पलाई सापेक्षित आर्द्रता (Relative Humidity) | भनिन्छ । आलुमा अधिकांश मात्रामा पानी हुन्छ । यदि भण्डारण भित्र रहेको हावामा पानीको मात्रा कम भयो भने वा हावा सुख्खा हुन गएमा आलुमा रहेको पानीको मात्रा उडेर जान्छ र दाना चाउरिँदै जान्छ । तसर्थ भण्डारणमा उपयुक्त सापेक्षिक आर्द्रता कायम राखी रहनु पर्दछ । आलुको बाफको चाप ९८% सापेक्षिक आर्द्रताको बराबर हुन्छ । भण्डार भित्र ९२-९५% सापेक्षिक आर्द्रता कायम राखिएमा आलुबाट थोरै मात्रामा पानी उड्दछ । शीत भण्डारमा विद्युतीय मेशिनबाट आर्द्रता मिलाइएको हुन्छ। भने रष्टिक स्टोरमा पानी जम्ने नाली बनाएर आर्द्रता बढाउने व्यवस्था मिलाइएको हुन्छ।

घ) मधुरो प्रकाश (Diffused light)

आलु भण्डारणमा प्रकाशले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । शीत भण्डारमा भण्डारण गरिएको खान आलु अथवा बीउ आलु कम तापक्रममा अँध्यारो कोठामा राखिएको हुन्छ र १ महिना अगाडि स्टोरबाट झिकेर उज्यालोमा राखी टुसाउने गरिन्छ । यदि आलुको दानामा सिधै। घाम पर्ने धेरै उज्यालो भयो भने आलुको बोक्रा हरियो हुन थाल्दछ र चाडै। टुसा पलाउनु सुरु हुन्छ । खान आलुको बोक्रा हरियो भएमा सोलानिन तत्वको मात्रा बढ्ने हुँदा खानको लागि योग्य हुँदैन । बीउ आलुलाई ठिक उज्यालोमा राख्दा टुसा हरियो र मोटो हुन्छ । यस्तो बीउ राम्रो मानिन्छ ।। शीत भण्डारमा राखेको बीउ आलुलाई रोप्ने समय भन्दा १ महिना अगावै निकालेर उज्यालो कोठामा राख्नु पर्दछ । रष्टिक स्टोर निर्माण गर्दा नै बीउ आलुले मधुरो प्रकाश (Diffused light) पाउने गरी याक तथा झयालहरु मिलाइएको हुन्छ । तसर्थ रष्टिक स्टोर बीउ आलु भण्डारणको लागि प्रयोग गरिन्छ।

ङ) खेती प्रविधि (Cultivation Techniques)
– आलु भण्डारणमा खेती प्रविधिले पनि ठुलो भूमिका खेलेको हुन्छ । स्थान र हावापानी सुहाउँदो राम्रो जातको बीउको छनोट तथा उपयुक्त रोप्ने समय हुनु पर्दछ । रोप्ने समय तथा सिजन नमिलेमा पनि आलु राम्रो फल्दैन । सन्तुलित मल खाद व्यवस्थापन, सिँचाइ व्यवस्थापन, गोलमेल तथा बाली खन्ने तरिकामा ध्यान दिनु पर्दछ । कम्पोस्ट मल तथा पोटास मल हालेको बीउ आलु लामो समय भण्डारण गर्न सकिन्छ । आलु रोप्ने समयमा बीउको टुसा व्यवस्थापनले पनि आलुको दाना सङ्ख्या तथा साईजमा असर पार्दछ । आलु खन्ने समय भन्दा २ देखि ३ हप्ता अगाडि सिँचाइ गर्नु हुँदैन । पानी परेको समयमा आलु खन्नु हुँदैन । आलुको दानामा माटो टास्सिने समस्या आउँदछ । खन्ने प्रविधि पनि कोदालोको सहायताले गर्नु पर्ने भएकोले खन्ने कामदारलाई आलु दानामा चोटपटक नलगाई होसियारीपूर्वक खन्न सिकाउनु पर्दछ । आलु खन्नु भन्दा २ हप्ता अगाडि बोट काटेर अथवा उखेलेर हटाउनु पर्दछ । यो कार्य गर्दा आलु दाना छिप्पिन पाउँदछ र लामो समय भण्डारण गर्न सकिन्छ ।।

च) आलु खने पछिको स्याहार सम्भार (Post harvest handling)
‘आलु खनेपछि गरिने क्रियाकलापहरूले पनि आलु भण्डारणमा असर पार्दछ । आलु खनिसकेपछि धेरै समयसम्म चर्को घाममा फिँजाएर राख्नु हुँदैन । लामो समय घाम परेमा आलुको दाना हरियो हुने तथा दाना भित्र कालो हुने समस्या आउँदछ । आलु ओसार प्रसार गर्दा अथवा डोकोबाट खसाल्दा दानामा चोटपटक लागेमा लामो समय भण्डारण गर्न सकिँदैन । सम्भव भएसम्म भण्डारण गरिने आलुलाई १५ दिनसम्म राम्ररी वायु सञ्चार हुने चिसो छाँयामा फिँजाएर राख्नु पर्दछ । बीउ आलु उत्पादन गर्ने कृषक समूहले खेतबाट यस्तो स्याहार सम्भार नगरी बोरामा राखेर सिधै शीत भण्डार वा रष्टिक भण्डारमा लैजाँदा आलु लामो समय राख्न सकिँदैन ।

छ) क्यूरिङ्ग (Curing)
खेतमा आलु खन्नासाथ प्याकिङ गर्नु अगावै केही समय ओभाउन दिने, अथवा दानाका बाहिर लागेको माटो झर्न दिन र आलु खन्दा आलु दानामा परेको दबाब (field heat) कम गर्न केही समय यत्तिकै जमिनमा राख्ने प्रविधिलाई क्यूरिङ्ग भनिन्छ । तसर्थ बीउ आलु उत्पादन गर्ने कृषकहरुले हतार हतार प्याकिङ गरेर बिक्री गर्न वा शीत भण्डारमा। राख्न लैजान हुँदैन । क्यूरिङ्ग गरेको आलु लामो समय भण्डारण गर्न सकिन्छ । विद्युतबाट चल्ने हावा फाल्ने फ्यानको प्रयोग गरेर आलुको थुप्रोमा र आलुको दानामा भएको चिसोपना हटाउन सकिन्छ ।

ज) ग्रेडिङ तथा प्याकिङ (Gradnig and Packing)
बीउ आलु भण्डारणमा ग्रेडिङ तथा प्याकिङ व्यवस्थापनले ठुलो भूमिका खेलेको हुन्छ । व्यावसायिक रूपमा बीउ आलु उत्पादन गर्ने कृषक। समूहहरूले खनेको समयमा चोट लागेको आलु दानालाई बेग्लै राख्नु पर्दछ। र साइज अनुसार बीउ भण्डारणको लागि हो वा खानको लागि छुट्टै बोरामा ग्रेडिङ गरेर प्याकिङ गर्नु पर्दछ । प्याकिङ गर्दा बोराको तौल लोड अनलोड गर्दा सहज हुने गरी राख्नु पर्दछ । सरदर ५० के.जी. को बोरा प्रयोग गर्ने गरिन्छ । यदि खानको लागि तुरुन्त बजार पठाउने भएमा प्लास्टिक बोरा प्रयोग गरे पनि हुन्छ तर लामो समय भण्डारण गर्ने बीउ आलुको लागि जुटको बोरामा प्याकिङ गर्दा राम्रो हुन्छ । पसलमा बिक्रीको लागि अथवा घरमा प्रयोगको लागि आलु राख्दा, ओसारपसार गर्दा जुटको बोराको प्रयोग गर्नु पर्दछ । प्लास्टिक बोरा प्रयोग गरिएमा। हावाको सञ्चार हुन पाउँदैन र तापक्रम बढेर आलु चाडै कुहिन्छ ।

झ) रोग कीराबाट संरक्षण (Protection From Storage Pest)

आलुको दानामा रोग तथा कीरा लागेमा लामो समय भण्डारण गर्न सकिँदैन । यदि दानामा खैरो पिपचक्के रोग अथवा डढुवा रोग लागि। सकेको छ भने लामो समय भण्डारण गर्न सकिँदैन तसर्थ यस्तो रोगको लक्षण देखिएको प्लटको आलु खानको लागि तुरुन्त बजारमा पठाउनु पर्दछ।

आलुमा लाग्ने पुतली कीरा आलु भण्डारमा देखिने महत्पूर्ण समस्या भएको छ । धेरै कृषकहरूलाई यसबारे ज्ञानको अभावको कारण आलु संरक्षण गर्न सकेका छैनन् । आलु खन्ने कार्य गर्दा लामो समय खेतमा। खुला अवस्थामा राखेमा आलुको दानामा आलुमा लाग्ने पुतलीले फुल पार्दछ र पछि भण्डारण गरेको आलु कुहिन थाल्दछ । यसबाट जोगाउनको लागि आलु भण्डारण गरेको कोठाको झ्यालमा कीरा पस्न नसक्ने मसिनो। जाली लगाउनु पर्दछ । लामो समय खेतमा खुला राख्नु हुँदैन । खानको लागि अथवा बिक्रीको लागि लामो समय राख्नु पर्ने भएमा पनि कीराबाट सुरक्षित तरिका अपनाउनु पर्दछ । रष्टिक स्टोरमा झ्यालहरूमा कीरा पस्न नसक्ने जाली लगाइएको हुन्छ ।

हिमाली भेगका किसानले कसरी आलु भण्डारण गर्ने ?
उच्च पहाडी क्षेत्रमा (१८०० मिटर भन्दा माथि) चिसो हावापानी हुनाले आलुलाई अरू अन्न सरह साधारण अवस्थामा भकारीमा भण्डारण गर्दा पनि बिग्रने सम्भावना कम हुन्छ । बेसी, भित्री मधेस तथा तराई क्षेत्रमा भने ललाई आफ्नो घरको वातावरणमा सामान्य अवस्थामा फिँजाएर ३ महिना भन्दा बढी समय भण्डारण गर्न सकिँदैन भने मध्य पहाडी क्षेत्रमा करिब ४-५ महिनासम्म आफ्नो घरमा भण्डारण गर्न सकिन्छ । हाम्रो देशमा क्षेत्र अनुसार भण्डारण गर्न फरक-फरक स्थानीय तरिका अपनाएको पाइन्छ।
तराईदेखि पहाडसम्म आलु भण्डारणको पद्धतिमा खासै विकास हुन नसकेकोले अधिकांश स्थानहरूमा परम्परागत आलु भण्डारण पद्धतिले प्रमुख स्थान ओगटेको छ । आलु भण्डारण गर्ने परम्परागत तरिकाहरू पनि स्थान अनुसार फरक पर्न सक्छन् । विभिन्न साइजका भकारी, तख्ता, डोको, टोकरी आदिमा आलु राख्ने, आलुलाई भुंई वा माथि फिँजाएर राख्ने, खाल्टोमा राखेर सुँईमा बालुवा राखी बालुवा माथि आलु फिँजाएर राख्ने, आलु समयमा नखनी बारीमै भण्डारणको रूपमा राख्ने आदि केही परम्परागत तरिकाहरू हुन् ।

खाडलमा भण्डारण तरिका पनि २४०० मिटर भन्दा माथिका पहाडी क्षेत्रहरूमा अपनाएको पाइन्छ । यो तरिका पानी कम पर्ने क्षेत्रमा वा हिउँ पर्ने अवधि भरका लागि खाडलमा राखी भण्डारण गरिन्छ नेपालको पानी कोपर्ने जिल्लाहरू मनाङ, मुस्ताङ, जुम्ला, हुम्लाका कृषकहरुले साउन भदौमा खनेको आलु तथा स्थानीय जातको डल्ले मुला हिउँ पर्नु अगावै घर नजिक खाडल खनेर राख्दछन् र फागुन चैत्र महिनामा हिउँ पग्लिएपछि खाडलबाट निकाल्ने चलन हाल पनि गरिरहेको पाइन्छ । यो पद्धतिमा सर्वप्रथम आफ्नो आवश्यकता अनुसार खाडल खन्ने र खाडलमा। राम्ररी सुकेका ओभाना पातहरू वा खर ओछ्याएर त्यसमाथि आलु राखी माथिबाट माटोले पुरिन्छ । खाडलमा चिस्यान वा पानी पस्न नदिन आवश्यक बिचार पुर्‍याउनु पर्दछ । तापक्रम बढ्नु अघि नै फागुन चैत्रमा खाडलबाट आलु तथा मुला निकालिन्छ।


भण्डारण गर्दा ध्यान दिनु पर्ने कुरा के के हुन् ?

१ आलु खन्नु १५ दिन अघि आलुको दानालाई माटो भित्रै राख्ने तर बोटबाट नछुटाउने
२ हरियो बोट भएको आलु खनेर प्याक गरेर भण्डारण गर्नु हुँदैन
३ आलु खनी सकेपछि ४र५ दिन फिँजाएर राख्नु पर्छ ।
४ जुटको बोरामा आलु प्याक गर्ने
५ आलु गाडीमा लोड गर्नेबेला, झार्ने बेला, जोख्ने बेला एकदमै ध्यान दिने,
६ चिसो आलु कोल्ड स्टोरमा नराख्ने
७ आलुलाई ग्रेडिङ गरेर राख्ने

जिरो इनर्जि टेक्नोलोजी प्रविधिबाट आलु भण्डारण गर्न सकिन्छ । जसमा विद्युत पनि कम खपत हुन्छ भने प्राकृतिक व्यवस्थापनबाट आलु भण्डारण गर्न सकिन्छ । खाडलमाथि छाना लगाएर पनि भण्डारण गर्न सकिन्छ । आलु उत्पादनमा एकदमै समस्या छ । उत्पादन भइसकेको लागुलाई भण्डारण गर्न नजान्दा किसानहरुले ठूलो नोक्सानी ब्यहोर्नु परिरहेको छ ।

तपाईको प्रतिक्रिया