याद ………

 

 

 

 

 

 

 

 


उषा रेग्मी

अड्कल गर्नै असहज
ठ्म्याउनै गाह्रो
महसुस असिम छ तर
मापन गर्न मुश्किल ।
मन मस्तिष्कमा केबल सन्देह छ
जीत त कल्पनिक हो
तर हार पनि प्रिय छ ।
याद,
याद तिमी सँग मेरो द्वन्द छ ?
तिमी को हौ ?
कस्तो स्वरुपमा छौ ?
मस्तिष्कको कमान्डर , तरङ्गको तुफान, या कल्पनाको माहाराजा ।
शब्दकोषले तिम्रो सामान्य व्याख्या गरेको छ,
मैले त तिमीलाई जटिल सुचीमा राखेकी छु ।
म रुमलि रहेछु, तिमीले दिएका गन्तव्यहीन मार्गमा ।
म फसिसके, तिमीले बिछ्याएको भम्र रुपी भुमरीमा ।
तिमी बिना मेरो भूत, भविष्य र वर्तमान नै अपुरो छ ।
तिम्रो अनुउपस्थितिमा मेरो संर्घषको व्याख्या अतृप्त छ ।
साच्चै भनु; तिमी बिना म कल्पना नभएको मस्तिष्क जस्तै छु ।

याद भनन तिमी को हौँ ?
कहिले मिठा स्वप्न त कहिले कहालिदोँ रात बन्दै,
छवी यादको उमेर देखि हालसम्म तिमी ममा समाहित छौ ।
तिमि मेरो अनिदो आँखामा छौ,
मेरो मुस्कान सँगैको खुसिमा छौ,
मेरो रोदन र उल्लाहासमा छौ,
मेरो हिम्मत अनि हौसलामा छौ,
याद, तिमी मसँगको ममा छौ ।
याद, तिमी मेरो मुर्त स्वरुपको ताजगी हौ,
तिमी कहिले पुरानो हुन्छौ र ?
त्यसैले तिमी खास छौ,
अवर्णित छौ ,
रोमाञ्चक छौ ।
याद, तिमी साँच्चै श्वास भित्रको आशमा छौ ।
म भित्रको ममा छौ ।

तपाईको प्रतिक्रिया