ट्रकले स्कुटरलाई ठक्कर दिएपछि गठ्ठाघर तनावपूर्ण, राजमार्ग ठप्प

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले बिहीबार दिउँसो कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिएको जानकारी दिनुभयो ।

महानगरीय प्रहरी वृत्त ठिमीका अनुसार घटनास्थल अहिले तनावपूर्ण बनेको छ ।  मृतकको सनाखत हुन सकेको छैन भने  दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया