-कुमार सि तामाङ
मेराे सानाे प्रयास समुदायको निम्ति गरिएको सामाजिक कामको अनुभूति काभ्रेकाे अनलाइनमा प्रकाशन गर्न पाउँदा खुशी छु । करिब ११ बर्ष पछी पूर्णता पाएकाे सामािजक कामकाे लागि जो जसलाई सम्झना चाहन्छु जो धन्यवादका पात्र हुनुहुन्छ धन्यवाद दिन चाहान्छु अनि हार्दिक कृतज्ञता व्यक्त गर्दछु सम्पुर्णमा साथ र सहयोगको लागि र गौरवान्वित छु सहयोगिहरुको अभिलेख राख्न पाएकाे छु ।
धुलिखेल नगरपालिका वडा न ३ कुत्ताल गाउँमा तामाङ समुदायले परापुर्बकाल देखि चिहानको रुपमा उपभोग गर्दै आएको चण्डेश्वरी डाडा स्थित घाटमा बर्षात लगायत अप्ठ्यारो वातावरणमा ओत लाग्न कुनै संरचना थिएन। मलामीहरु रुख बुटयानको सहराको खोजीमा छरिन्थे आधिबेरी सहदै रुझ्दै लास जलाउनु पर्ने बाध्यतामा बिबश थिए।अझ कुत्ताल देखि घाट सम्म जाने वाटो विजोगनै थियोे वाटोको नमुना नै थिएन तल वाट धकेल्ने माथी वाट तानेर बारीको काल्लै काल्ला लास सास्तिपुर्बक उकाल्नुपर्ने बाध्यता थियोे पुर्णरूपमा पक्की नभएपनि नगगरपालिका कार्यालय को आर्थिक सहयोग र प्रत्येक घरधुरी वाट ५ – ५ दिन जनश्रमदान वाट २०६६ सालमा ढुङ्गा सोलिङ कतै पक्की कतै सुक्खा सिढि, निर्माण गरि बाटो ट्रयाक खन्ने कार्य म आफ्नै नेतृत्वमा भयको थियो। बाल्यअवस्थामा भोगेका सामाजिक बिकासका अभाव वरिपरिका वातावरण घटनाक्रमले पनि प्रेरित गर्दो रहेछ सामाजिककार्यमा लाग्नुमा बालमस्तिस्कमा सधै एउटा प्रश्न चिन्ह रहि रहन्थो अग्रजहरुको ब्यबस्थापन निर्माण तिर किन ध्यान गएन ।
एक दिन अवस्थ यस्को नेतृत्व गर्नेछु भन्ने सोच सधै आईरहन्थो यस्तै थुप्रै अनुभवहरु थिए । जहाँ अभाव समस्या सङ्गै समाधान जोडिएको हुन्छ त्यही अभावको बिचमा जन्मेको थियो संरचना निर्माणका सपनाहरू समाज बिकासको निम्ति हामीले सपना देख्नु पर्छ त्यो सपना साकार पार्न लागि पर्ने वा समुदायको हितको निम्ति सानै भए पनि योगदान दिने ब्यक्ति समाजमा थोरैमात्र हुन्छन भने कोही आफ्नै स्वार्थमा लाग्छन समुदायको निम्ति होइन ।कोहि यथास्थितिमै रमाउछ्न कोहि परिवर्तनको लागि अवसरको खोजमा फरक यति मात्र हो।
हाम्रो समुदायमा घाट समुदाय वस्ति पिच्छे अलगअलग हुन्छन् एक वस्तिले प्रयोग गर्ने घाट अर्को समुदायले प्रयोग गर्दैनन सहमति बिना अपरिचित शव दाह सस्कार गरेको पाएमा बिवाद झगडा हुन्थ्यो यस्ता थुप्रै उदाहरणहरु पाईन्छ हाम्रो समाजमा म आफू स्वयंले सुनेको देखेको छु। तिनै परिस्थिति लाई ख्याल गरि जब धुलिखेल,बनेपा आसपास तामाङ बस्ती बिस्तार संगै विशेषगरि २८ किलो तामाङ समुदाय बिच २०५८ सालमा कुत्तालमा छलफल गरि एउटै घाटको रूपमा परिणत गरिएको थियो। हाल धुलिखेल ,बनेपा तामाङ समुदायको साझा चिहान घाट मात्र नभई धुलिखेल बनेपा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएका जुनसुकै ठाउँको बौद्धमार्गी तामाङ समुदायहरु सबैको साझा शवदाह गर्ने स्थानको रूपमा परिणत भएको छ। कुत्ताल तामाङ समुदायले देखाएको सहयोग उदारता सह्रनिय छ। यस अर्थमा धन्यवादका पात्र हुनुहुन्छ कुत्ताल तामाङ समुदाय ।
विभिन्न समय २०६७ ,२०७० सालमा चिता , पक्की पाटी निर्माणका क्रममा समितिका सबै टिमनै प्रत्येक दिन बिहान महिनौ सम्म प्रत्येक घर घरमा चन्दा शंन्कलनको लागि खटिएको क्षणहरु ताजै छन स्मरणमा। किशोर अवस्थामा संगालेका ति तिता अनुभवहरु पाएका दुखका क्षणहरु नै प्रेरणाको श्रोत थिए ती संरचना निर्माण गर्नुमा। एक दिन अवश्य संरचना निर्माण गरेरै छाडने अठोटका साथ लागि परे २०७० मा तत्कालीन जिविस को १ लाख ७० हजार आर्थिक सहयोगमा निर्माण गरिएको पाटी महाभुकम्पको क्षेतिका साथै छत वाट पानी चुहिने समस्या थियो २०६७ सालमा तत्कालीन जिविसको ७० हजार आर्थिक सहयोगमा निर्माण शुरु गरिएको दाहसंस्कार स्थल चिता अधुरो अवस्थामै महाभुकम्पले क्षति ग्रस्त बर्सौ सम्म प्रयोग बिहिन रहेकोे थियोे कहिलेकाही त्यस ठाउँ पुग्दा पुननिर्माणको लागि सहयोगी हातहरुको पर्खाइमा ठिङ्ग उभिए झै लाग्थो ति क्षति ग्रस्त संरचनाहरु कसैको दाहसंस्कारको बेला भेला हुदा यो गर्नुपर्ने त्यो गर्नुपर्ने अधुरो चिता घाट पूरा गर्नुपर्ने भन्ने भोलिपल्ट कुरै हराउने कुरा मात्र ठुला गर्ने सिन्का नभाच्ने जमात देखि दिक्क लाग्थ्यो २०७५ तिर तीन बर्ष अघि नै फेसबुक मार्फत सहयोग आव्हान गरि केही सहयोग सामग्री तयार गरेका थियौ। सामाजिक काम प्रती दिक्क लागेर बिचैमा छाडिदिय ता पनि हिजो आफुले शुरूवात गरेको संरचनाहरु मर्मत पुनर्निर्माण गर्ने हुट हुटिले कति रात अनिदो रहयो अनि धेरै सोचे र निर्माण अभियान शुरु गर्ने निष्कर्षमा पुगे सामाजिक संन्जालकै सहारा लिई सहयोग शंकलन गरि आर्थिक पारर्दर्शिताका लागि प्रगति युवा क्लब मार्फत मर्मत तथा पुनर्निर्माण अभियान अघि बढाए। र सहयोगि हातहरुको साथ सहयोग बाट चिता,पाटि,मर्मत केही नयाँ संरचनाहरु ट्रस,चौतारा,बुद्ध मुर्ति सहित शिला स्तम्भ निर्माण गर्न सफल भए यसको जस म सम्पुर्ण सहयोगी हातहरु लाई दिन चाहान्छु।यस अभियानको क्रममा थुप्रै तिता मिठा अनुभवहरु सङ्गाल्ने मान्छे चिन्ने मौका पाए।असल कर्मका साथ सहि उदेश्य लियर अघि बढे सहयोगी मनहरुको कमि नहुदो रहेछ हाम्रो समाजमा।मात्र सहि नियत ईमानदारिताको खाचो पर्दोरहेछ।
कुनै ब्यक्ति कुनै पार्टि प्रती आस्था राख्नु स्वभाबिक नै हो। जुनसुकै पार्टि प्रति आस्था रहेता पनि समाज बिकास निर्माणमा राजनीति आग्रह पुर्वाग्रह रहनु हुँदैन बिकासको निम्ति राजनीति हुनुपर्छ ब्यक्तिगत आग्रह पुर्वाग्रह होला तर सस्थाको नजरमा सबै समान हुन सबै वाट साथ सहयोग लिएर अघि बढ्नु पर्छ। तर केही आफ्नै साथीहरू के कारणले हो साथ सहयोग गर्नुको सट्टा कफी शपहरुमा कुरा काट्नमै ब्यस्त रहे कफीको चुस्की संगै। यो अभियान मेरो भिजन सोचवाट जन्मे पनि सहयोग शंन्कलन र सम्पुर्ण निर्माण ब्यबस्थापन गरेपनी आयोजक सस्था प्रगति युवा क्लबको नाम दिएका थियौ सस्थाको नजरमा कुनै ब्यक्ति राजनीतिक दल विशेष हुँदैन सबै समान हुन्छन बिशुद्ध सामाजिक सेवाको रूपमा हुनुपर्छ भन्ने कुरा बिर्सनु हुदैन । जे होस अभियानको क्रममा कोहि मनकारि सहयोगी पाए कोहि आफुले थुकेको थुक पुन चाटने नियतका पाए।कतिले आश्वासन मात्र दिए कतिले सहयोग गर्छु भन्ने पछि बोली फेर्दा निराश हुन्थ्यो कहिले सोच्दै नसोचेको सहयोग पाउँदा खुशी लाग्थ्यो कहिले निराश कहिले खुशी तनाव अभावका बिच निरन्तर अगाडि बढिरहे कसैको बिना पर्वाह फलस्वरूप अभियानले पूर्णता पाए।
यस अवसरमा म सम्झना चाहान्छु। २०६७ सालमा चिता निर्माणका लागि तत्कालीन समयमा बजेट ब्यबस्था गरि सहयोग गर्नु हुने तत्कालीन जिविसमा दलिय सयन्त्रप्रतिनिधी हाल मण्डन देउपुर प्रमुख प्रमुख टोक ब वाईवा २०७० सालमा पाटी निर्माणको लागि बजेट ब्यबस्था गरि सहयोग गर्नु हुने तत्कालीन जिविस दलिय सयन्त्रप्रतिनिधी हाल धुलिखेल नगर प्रमुख अशोक ब्यान्जु सहजीकरण गर्नु हुने सनमान तामाङ बासघारी ,ज्ञान ब थिङ चिता तथा पाटी डिजाइन प्राबिधिक साथ सहयोग गर्नुहुने धुलिखेल नगर ई हरिचन्द्र लामिछाने र प्लास्टर सम्पन्नको लागि बजेट ब्यवस्था गरि सहयोग गर्नुहुने हाल माओवादी केन्द्र तेमाल अध्यक्ष समीर दोङ कसैले निर्माण गर्न आट गर्ननसकिएको अवस्थामा आट गर्नु हुने निर्माणकर्मी शेर ब थोकर कुत्ताल , टोकल थोकर कुत्ताल ,नर ब गोले कुत्ताल तत्कालीन विभिन्न समयमा चन्दा शंकलनको लागि २८ किलो ,बनेपा, धुलिखेल प्रत्येक तामाङ वस्ती घर घरमा आफ्नो ब्यक्तिगत काम त्यागी समुदायको निम्ति प्रत्येक दिन बिहान महिनौ सम्म खटिनु भएका तत्कालीन निर्माण समितिका दाइ ज्ञान ब थिङ बासघारि, मित्र सत्यमान लामा दिदी लक्ष्मी बल तामाङ वुडोल दाइ जमान सिङ लामा २८ किलाे , तेज लामा बुडोल,जय सिं लामा,गनेश मोत्तान वुडोल,हिरा तामाङ कुत्ताल ट्रस निर्माणको लागि सहयोग गर्नुहुने हिमालय दृश्य रिसोर्टका श्याम महत,विभिन्न समयमा मिडियाका तर्फ वाट सहयोग गर्नु हुने ईपाना नेपालका सम्पादक काभ्रेका चर्चित वरिष्ठ पत्रकार राज कुमार गोले अभियानमा साथ सहयोग गर्नु हुने पासाङ थोकर कुत्ताल,प्रकाश लोप्चन कुत्ताल,क्लबका सचिव सजय तामाङ धुलिखेल ५ वडाअध्यक्ष गङ्गा सागर रन्जितकार मुख्य चन्दादाताहरु बिदुर ब बस्नेत लक्ष्मन कर्माचार्य बनेपा , प्रगति युवा क्लब पुर्व अध्यक्ष सनमान तामाङ बासघारी,ढोल ब तामाङ कुत्ताल,जम्बुलिङ तामाङ समाज २८ किलाे सम्पुर्ण टिम अभियानमा अन्तिम सम्म साथदिने निर्माणकर्मी टोकल थोकर कुत्ताल,दिनेश भुजेल लगायत सम्पुर्ण चन्दादाता सहयोगिहरुलाई सम्झना चाहान्छु। यहाहरु सबैको साथ सहयोगले बर्षातको समयमा रुख वा बुटयानको सहारा लिनु पर्ने वाध्यता हटेको छ।भौतिक पुर्वाधारको हिसाबले नमुना चिहानघाट बन्न सफल भएको छ। जस्को लागि सम्पुर्णमा धन्यवाद हार्दिक कृतज्ञता।
{लेखक तामाङ प्रगति युवा क्लव धुलिखेल ३ कुत्तालका अध्यक्ष हुन्}
तपाईको प्रतिक्रिया