यसरी बने जिल्ला ट्राफिक प्रहरी काभ्रेका प्रमुख सिलवाल बागमतीमै उत्कृष्ट

बनेपा÷ नेपाल प्रहरीका इन्मादार कर्तव्यनिष्ट प्रहरी अधिकृत जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक राजेश सिलवाललाई माघ महिनाको उत्कृष्ट प्रहरीको रुपमा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनले सम्मान गरेको छ ।
सांगठनिक नीति निर्देशनलाई मानेर आफूले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक काम गरेपछि उत्कृष्ट प्रहरीको रुपमा उहाँ छानिनु भएको हो ।
आफ्नै भवन व्यवस्थित कार्यालय


जिल्ला ट्राफिक प्रहरी कार्यालय भाडाको घरबाट संचालन हुँदा अनेकौ दुख कष्ट पाए पनि पछिल्लो समय आफ्नो भवनबाट सेवा सुरु गराउन उहाँले भुमिका खेल्नु भएको थियो । त्यस्तै क्वाटर,भान्साघर, शौचालय र मिटिङ हलको व्यवस्थापन गरेर उहाँले निक्कै राम्रो काम गर्नु भएको थियो । कार्यालय प्रमुखको आवास, मेस र कार्यकक्षको व्यवस्थापन पहिलो पटक काभ्रेमा संम्भव भएको छ ।
नियमित चेकजाँच र छड्के
प्रहरीले कहिल्यै सुतेको हुँदैन । आकस्मिक रुपमा सवारीको चेकजाँच गर्ने गर्छ । सिलवालको अर्काे प्रशंसनीय काम हो । बे्रथ लाईजर र डोपिङ टेष्ट मार्फथ मापसे र लापसे चेकजाँच गराउँदा पटक पटक चालक प्रहरीको फन्दामा परेका छन् ।
राजमार्गमा लागू पदार्थ सेवन(लापसे ) र मादक पदार्थ सेवन (मापसे) गरेर सवारी हाक्नेमाथि काभ्रेमा ट्राफिक प्रहरीको छड्के अभियान थालेको छ । राजमार्गमा लापसे गरेर सवारी हाक्ने क्रम बढेको गुनासोलाई सम्बोधन गर्ने क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक राजेश सिलबालको नेतृत्वमा राजमार्गमा लापसे गरेर सवारी हाक्नेमाथि काभ्रेमा ट्राफिक प्रहरीको समय समयमा छड्के हान्ने गरेको छ । सवारी दुर्घटना न्यूनिकरणका लागि गरिएको यस्ता कार्यक्रम निरन्तरताले काभ्रे प्रहरी उत्कृष्ट बन्न सफल भएको हो ।
लागुऔषध प्रयोग रोक्न सकृयता
लागूऔषधले सबै सपना लुट्ने कुरामा प्रहरीले निरन्तर विद्यालयमा पुगेर कक्षा लिइरहेको छ । लागू औषधको प्रयोगमा नफसौं भन्ने नारा चालक तथा विद्यार्थी माझ काभ्रे प्रहरीले पु¥याएको छ ।
ध्वनी प्रदुषण रोक्ने अभियान
ध्वनी प्रदुषणले सबै उमेर समुहलाई असर पार्न थालेपछि काभ्रेपलाञ्चोक जिल्लाको बनेपा प्रहरीकै सकृयतामा सामुहिक रुपमा ध्वनी प्रदुषण रोक्न प्रयास थालिएको छ ।
विशेष गरेर टिपर तथा बसमा प्रेसर हर्न राखेर ध्वनी प्रदुषण गराउने क्रम बढेसँगै काभ्रेमा पहिलो पटक जिल्ला ट्राफिकले विशाल समुदायबीच एकै पटक सचेतना कार्यक्रम चलाएको थियो ।
दुई पाङ्ग्रे सवारी चालकसँग पाँच मिनेट
काभ्रेपलाञ्चोक जिल्लाको प्रमुख व्यापारिक केन्द्र बनेपाको मुख्यचोक चारदोबाटोमा बिहीबार साँझ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेश सिलवाल तथा उनका जनियर प्रहरी अधिकृत मोटरसाइकल चालकलाई साईड लगाउँदै थिए ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी मोटरसाइलकलाई राजमार्ग छेउमा लगेर एकैछिन बसी दिन अनुरोध गरिरहेका थिए । ट्राफिक प्रहरी देखेपछि भाग्ने मोटरसाइकल पनि प्रशस्तै थिए । सो कार्यक्रम कागजपत्र चेकजाँच गर्ने र ट्राफिक जरिवाना तिराउने प्रकृतिको थिएन ।
पछिल्लो समय काभ्रेमा दुई पाङ्ग्रे सवारी साधनको दुर्घटना दरमा बृद्धि भएसँगै प्रहरीले उनीहरुसँग पाँच मिनेट मागेर सजक पो बनाउँदै थियो ।
मोटरसाइकल पाँच मिनेट रोकेकोमा प्रहरीले मोसा चालकसँग माफी माग्दै यसरी सचेत पार्न थाल्यो । नमस्कार, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकद्धारा तयार पारिएको २ पाग्रा सवारी चालकका लागि पाँच मिनेटको अनुशिक्षणमा यहाँहरुलाई आर्थिक स्वागत छ ।
मोसा दुर्घटनाका मुख्य कारण ओभर स्पिट, जिकज्याक गरेर चलाउने मुख्य हुन् । त्यस्तै लेन मिचेर चलाउने, फोनमा कुरा गर्दै र मापसे गरेर चलाउने गरेमा दुर्घटना हुने गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले मोटरसाइकल स्टार्ट गर्नुभन्दा पहिला मेकानिल चेकजाँच गरौ । तीव्र गतीमा जिगज्याग गरेर सवारी नहाकौ, लापरवाही गरेर सवारी नचलाउ भन्ने अनुरोध गरेको हो । आजैबाट जिम्मेबार चालक बन्न प्रहरीले अनुरोध गरेको छ ।
एक महिनामै ५१ लाख राजस्व संकलन
प्रहरीले माघ महिनामा मात्रै ५ हजार सवारीलाई कारवाही गरेको छ । जसबाट ५१ लाख राजस्व संकलन भएको छ भने फागुनमा २ हजार १५० सवारीलाई कारवाही गरेर २२ लाख २५ हजार राजस्व संकलन गरेको छ ।

 

तपाईको प्रतिक्रिया