ईलाका प्रहरी कार्यालय बनेपाको लोभलाग्दो सकृयता

बनेपा÷काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा अवसरमात्रै छैन । असंख्य चुनौती पनि रहेका छन् । जिल्लाकै ठूलो सहर बनेपामा पछिल्लो समय आपराधिक कृयाकलाप बढेका छन् भने प्रहरीको सकृयता पनि बढाएको छ । सात दिनमा ईलाका प्रहरी कार्यालय बनेपामा डिएसपी रेशम बोहोराको नेतृत्वले उत्कृष्ट सात वटा कार्य गराएका छन् ।
दुर्घटना गराउने चालक नियन्त्रणमा
सडक दुर्घटना बनेपा प्रहरीको टाउको दुखाई हुने गरेको छ । धेरै चालक दुर्घटना घटाउने र अनि भाग्ने प्रवृत्तिलाई निरुत्साहित गराउन प्रहरीले निक्कै सकृयता देखााएको छ । त्यसमा सफल भएको छ बनेपा प्रहरी ।
दुर्घटना गराएर भाग्ने मोटरसाईकल चालकलाई बनेपा प्रहरीले तीन महिनापछि नियन्त्रणमा लिएको छ । मंसिर ८ गते राती काभ्रेपलाञ्चोक बनेपा न.पा.–१० स्थित अरनिको राजमार्ग सडक खण्डमा भैसेपाटीबाट बनेपा तर्फ बिष्णुराम गोलेले चलाई ल्याएको बा.८१ प.४६२३ नम्बरको पल्सर मोटरसाईकलले बाटो क्रस गर्नको लागि सडक पेटीमा बसिरहेका जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा.–१० बस्ने बर्ष ३० की सृजना श्रेष्ठ,सोही ठाउँमा बस्ने ६० बर्षकी पञ्चली रंजितकार र १८ महिनाकी सुजुमी रंजितकारलाई ठक्कर दियो । ठक्करपछि गम्भिर घाईते बनाई फरार भएका चालकलाई प्रहरीले तीन महिनापछि समात्यो । जिल्लाकै बनेपा न.पा.१४ बस्ने बर्ष ३१ को दिनेश गोले भन्ने बिष्णुराम गोलेलाई फागुन ११ गते पक्राउ गरेपछि प्रहरीले आवश्यक थप अनुशन्धान सुरु भएको छ ।
काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट सवारी अंगभंग मुद्धा शिर्षकमा म्याद थप अनुमती प्राप्त भई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । यो प्रहरीको यो साताको प्रशंसनीय कार्य हो ।
चोरी गर्ने थापा समातिए
काभ्रेपलाञ्चोक जिल्ला बनेपा न.पा.–८ स्थित गंगालाल रंजितकारले संचालन गर्दै आएको न्यू माँ चण्डेश्वरी अटो वर्कशपमा चोरी भएपछि प्रहरीले अनुशन्धानको दायरालाई निक्कै फराकिलो बनायो ।
चोरी गरेको घटनाको प्रारम्भिक अनुसन्धान पश्चात उक्त वारदातमा संलग्न आरोपित कसुरदार काभ्रेपलाञ्चोक जिल्ला बनेपा न.पा.–१२ बासडोल बस्ने बर्ष २२ को जगदिश थापाको शरीर तथा घर कोठाबाट चोरिएको सामान फेला पारेको छ । प्रहरीले मोवाईल दुई थान, चाँदीको सिक्री सहित पक्राउ गरेको जनाएको छ ।
रड बोकेर हिड्नेलाई डाका मुद्धा
बनेपा न.पा. वडा नं.०८ स्थित सडक पेटिमा शंकास्पद रुपमा चोरीमा प्रयोग हुने औजार फलामको रड लिई बसिरहेको अबस्थामा जिल्ला काभ्रेपलाञ्चोक नमोबुद्ध न.पा. वडा नं. ६ बस्ने कान्छालाल तामाङको छोरा बर्ष २५ को ईन्द्रलाल तामाङलाई पक्राउ गरेको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत (सात) दिनको म्याद थप अनुमती प्रदान भई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
पाकेटमार रंगेहात समातियो
केही समययता काभ्रेको बनेपामा पाकेटमारका घटना बढेपनि प्रहरीले पक्राउ गर्न सकेको थिएन । यही साता बनेपा न.पा. वडा नं. ०७ तरकारी बजार स्थित धुलिखेलबाट काठमाण्डौ तर्फ जादै गरेको नं. नखुलेको भाडाको बसमा काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गा.पा. वडा नं. ०५ बस्ने टेक प्रसाद चौलागाईको ज्याकेटको पकेटमा रहेको नगद बीस हजार बगली मारी चोरी गर्ने जिल्ला तनँहु सुक्लागण्डकी न.पा. वडा नं. ०१ घरभई हाल काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं. ११ बानेश्वर बस्ने बिष्णु बहादुर कार्कीको छोरा बर्ष २६ को उत्तम कार्कीलाई डिउटीमा खटिएको प्रहरीले तत्कालै पक्राउ गरेको थियो ।
काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट मुलुकी अपराध सहिता २०७४ को परिच्छेद २० चोरी तथा डाँका सम्बन्धी कसुरको दफा २४१ चोरी गर्न नहुने मुद्धा शिर्षकमा सात दिनको म्याद थप अनुमती प्राप्त भई थप अनुसन्धान कार्य भईरहेकोमा सोही वारदातमा संलग्न थप दुई जनालाई समेत प्रहरीले पक्राउ गर्न सफल बन्यो । प्रहरीले बेथानचोक गा.पा. वडा नं. ६ बस्ने गोपाल मगरको छोरा बर्ष २७ को बिनोद थापा मगर र धादिङ जिल्ला धुनिबेशी न.पा. वडा नं. २ बस्ने ठुलोकान्छा बि.क. को छोरा बर्ष २९ को कुमार बिकलाई पक्राउ गरेको हो ।
मोवाईल फिर्ता
बनेपामा समय समयमा मोवाईल चोरी हुने गरेको छ । सोही अनुसार भक्तपुर चागुनारायण न.पा.०४ बस्ने सन्देश श्रेष्ठले काभ्रेपलाञ्चोक जिल्ला बनेपा न.पा.–०५ स्थितबाट मोबाईल हराएको भनि यस कार्यालयमा जानकारी गराएकोमा निजको मोबाईल खोज तलास गरी फेला पारी फागुन ११ सम्बन्धित मोबाईल धनिलाई हस्तान्तरण गरेको छ ।
फरार अभियुक्त समातिए
काभ्रेपलाञ्चोक जिल्ला अदालतले दुरसंचार मुद्दामा कैद दण्ड जरिवाना तोकी फरार रहेका प्रतिवादी जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल न। पा। वडा नं। १ देविटार बस्ने बर्ष ३१ को सरोज तामाङ ९किचे० लाई अ प्र पोष्ट चण्डेश्वरीबाट खटिएको प्रहरी टोलीले धुलिखेल न।पा। वडा नं। १ देविटार स्थित आफ्नै घरमा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागी काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित गराईएको छ ।

तपाईको प्रतिक्रिया