काभ्रेमा उर्जा बोकेर जनताका घरमा पुग्दै एमाले

बनेपा÷नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी संगठनको जरा नै मजबुत बनाउने उदेश्यले दुई महिना लामो अभियानको रुपमा रहेको ‘मिसन ग्रासरुट’ संचालन गरेसँगै कार्यकर्ता पंक्तिमा रक्तसंचार भएको छ ।
संगठन निर्माण र सुदृढीकरणका लागि घोषणा गरेको ‘मिसन ग्रासरुट’ अभियान शुक्रबारबाट सुरु भएसँगै नेता कार्यकर्ता एकैपटक देशव्यापी रुपमा खटिएका छन् । सो कार्यको तयारी स्वरुप काभ्रेमा पनि तयारी भेला सुरु भएका छन् ।
कार्यकर्ता तथा जनतासँग सम्बन्ध विस्तार गर्दै एमालेले स्थानीय तहदेखि केन्द्रीय तहसम्म खेल्ने भुमिकाको बारेमा जनतासँग सुझाव लिन अभियानले थप मद्धत मिल्ने आशा गरिएको छ ।
एमालेले ‘जिल्ला र जिम्मेवारी’ शीर्षकमा पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकेरै अभियान सफल बनाउन परिचालन गरेको छ । जिल्लामा पनि पदाधिकारीले जिम्मेवारी पाएर गाउँगाउँमा पुगेका छन् । काभ्रेमा पदाधिकारीसँगै जिल्ला सदस्यलाई स्थानीय तहमा खटाइएको छ । यो अभियानले एमालेले आन्तरिक जीवनको समिक्षा गर्न ठूलो सहयोग पु¥याउनेछ ।
नेकपा एमाले काभ्रेका उपाध्यक्ष चन्द्र लामाले मजवुत रहेको काभ्रेको संगठनलाई अभियानले थप मजबुत बनाउने बताउनुभयो ।
पार्टीका नेता गाउँगाउँ तथा सर्वसाधारणको घरघर पुगेर जनताका समस्याका बारेमा जानकारी लिनेछन् । यस अभियानले पार्टीलाई थप बलियो एवं सुदृढ बनाउने विश्वास एमाले काभ्रेका सचिव राजन भुर्तेलले जानकारी दिनुभयो । सदस्यता विस्तार, संगठित सदस्यको नविकरण र पार्टीको आन्तरिक जीवनको बिषयमा छलफल गर्नेछन् ।
सदस्यता प्रदान गर्ने, प्रशिक्षण दिने, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुव्यवस्थित गर्ने तथा पार्टी र समाजमा विशेष योगदान गरेकालाई सम्मान गर्ने, पार्टीका विषयमा रायसुझाव लिनेलगायत जिम्मेवारी तोकिएको छ ।

तपाईको प्रतिक्रिया