बनेपामा रहेको स्टार बचतको साधारण सभा सम्पन्न


बनेपा – जिल्लाको बनेपा पुल बजारमा रहेका स्टार बचत तथा ऋण सहकारी संस्था लिको पाचौ बार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ।
संस्थाको कार्यालय भवनमा अध्यक्ष सुजन सुवेदीको सभापतित्वमा सम्पन्न भएको साधारण सभाले संस्थाका कोषाध्यक्ष अर्जुन घिमिरे द्वारा प्रस्तुत् संस्थाको बार्षिक लेखा परीक्षण प्रतिवेदन सहितको आर्थिक प्रतिवेदन तथा संस्थाका सचिव सरोजप्रसाद कुईकेल द्वारा प्रस्तुत् संस्थाको बार्षिक प्रगति प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । सभामा संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक लेखनाथ नेपालले संस्थाको आन्तरीक लेखा परीक्षण प्रतिवेदन पेश गर्नू भएको थियो ।

संस्थाले गत आर्थिक बर्षको अन्त्य सम्म १३ करोड ७७ लाखको आर्थिक कारोवार गर्न सफल भएको छ ।संस्थाको जम्मा शेयर पुंजी ६६ लाख रहेको छ । छोटो समयमै उल्लेख्य आर्थिक कारोवार गर्न सफल स्टार बचत तथा ऋण सहकारी संस्था लि.को बिहीबार सम्पन्न पाचौं बार्षिक साधारण सभामा संस्थाकी उपाध्यक्ष प्रमिला पाण्डे र संचालक सदस्य द्वय श्रीओम उपाध्याय र डा.मधुसुदन बडाल र संस्था प्रबन्धक अमित पराजुलीले मन्तव्य व्यक्त गर्नु भएको थियो । साधारण सभाको संचालन संस्थाका सचिव सरोजप्रसाद कुईकेलले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया