एमाले काभ्रेको अधिवेशनमा सहभागी हुने धेरैलाई देखियो कोरोना

बनेपा÷एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनमा सहभागी धेरैमा कोरोना पोजेटिभ देखिएको छ । नवनिर्वाचित उपाध्यक्ष चन्द्र लामाले अधिवेशनमा आउनु भएको धेरैमा कोरोना संक्रमण पुष्टि भएकाले सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
एमाले काभ्रेले नेताहरुलाई कोरोना लागेसँगै भोलि गर्ने भनेको सपथ ग्रहण रोकेको छ । काभ्रेमा कम्तिमा पनि १५ हजारको उपस्थितीमा एमालेले जिल्ला अधिवेशन गरेको थियो । कोरोना संक्रमण गाउँ गाउँमा पुगेको आशंका गरिएको छ ।

तपाईको प्रतिक्रिया