बनेपा÷पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार करिब तीन घन्टा पाँचखाल बसे ।
पाँचखाल नगरपालिका वडा नं ११ मा रहेको नेपाल प्रहरीका पुर्व प्रहरी नायव निरीक्षक गोविन्द थपलियाको कृषि फर्ममा परिवार सहित पुगेका पुर्व प्रधानमन्त्री ओलीले साढे दुई घन्टा बिताए ।
एमालेका कुनै नेतालाई जानकारी नगराई धर्मपत्नी राधिका शाक्य सहित ३ बजे फार्म पुगेका थिए । उनले विशेष महत्व एमालेका युवा नेता कंचन अधिकारीलाई भने दिए ।
पाँचखालका युवा नेता कञ्चन अधिकारीलाई साथमा लिएर फर्म पुग्नु भएका ओलिको कुनै राजनीतिक भ्रमण नभई पारिवारिक भएको जनाइएको छ ।
फर्ममा पुगेपछि सुरक्षाकर्मी साथै अंग रक्षक समेतलाई फर्मको भित्रि भागमा राखेर पुर्व प्रधानमन्त्री केपी शर्मा ओली, राधिका शाक्य, कञ्चन अधिकारी र फर्मका प्रोपाईटर गोविन्द थपलिया सहित चार जनाको दुई घन्टा बार्ता भएको थियो ।
पाँचखालमा कंञ्चन अधिकारीसँग एमाले अध्यक्ष केपी ओलीको साढे दुई घन्टा
2022-01-14T19:21:05+05:45
तपाईको प्रतिक्रिया