![]()
काभ्रेको पनौतीमा हरेक १२ बर्षमा लाग्ने मकर स्नान आज माघ १ गते बाट सुरु भएको छ । माघ महिना भर लाग्ने मकर यो बर्ष अलि फरक तरिकाले मनाउने भएको छ । देशमा फैलिरहेको कोरोनाको कारण मकर मेला नहुने स्नान मात्र हुने भएको छ । जिल्ला प्रशासान कार्यालय र पनौती नगरपालिकाले सूचना जारीगर्दै मकर मेला नहुने स्वास्थ्यको मापदण्ड पालन गरेर स्नान मात्र हुने सूचना जारी गरिएको थियो । यो बर्ष मकर मेला नहुने भएको छ । नगरपालिकाले सबै खाले संरचनाहरु निर्माण संगै स्नानको लागि व्यवस्थापन गरिएको छ । आज माघ १ गते देखि यो महिना भर स्वास्थ्यको नियमहरु पालना गरेर मकर स्नान हुने भएको छ ।
पनौतीमा १२ बर्षमा लाग्ने मकर स्नान सुरु
2022-01-15T19:44:49+05:45

तपाईको प्रतिक्रिया