बिन्धबासिनी माविमा सरस्वतीको मुर्ती राख्ने प्रअ सापकोटाको घोषणा

विन्धबासिनी मावि मण्डनदेउपुर १० का प्रअ शिवराम सापकोटाले स्वर्गिया पिता सिताराम सापकोटाको स्मृतीमा सो विद्यालयमा सरस्वतीको मुर्ती राख्ने घोषणा गर्नुभएको छ । विद्यालयको ४४ औं बार्षिक उत्सवको अवसरमा उहाँले ब्ुबाकेो स्मृतीमा मुर्ती राख्ने घोषणा गर्नुभएको हो ।
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १० माझी गाउँमा रहेको बिन्धबासिनी मावि,४४ बर्षमा प्रवेश गरेको छ । सो अवसरमा शिक्षा, समाजसेवा, पत्रकारिताको क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।
विद्यालयको प्रअ सापकोटाले सो विद्यालयमा नेतृत्व लिएसँगै धेरै सुधार समेत गर्नुभएको छ । सो विद्यालयलाई मण्डनकै नमूना कसरी बनाउन सकिन्छ भनेर उहाँले प्रयास थालिरहनु भएको छ ।

तपाईको प्रतिक्रिया