सडक महाेत्सवमा दुर्घटना, १ जनाकाे मृत्यु

अंग्रेजी नयाँ वर्षका बेला पाेखरामा गाडीले ठक्कर दिँदा एकजनाकाे मृत्यु भएकाे छ । वडा नं. ६ कार्यालय र शान्तिपाटन मार्गकाे बीचमा रक्सी पिएर गाडी चलाउदा पैदल यात्री सुनिल गुरुङकाे मृत्यु भएकाे हाे ।
ग २ च १११८ नम्बरकाे हाईलक्सले नजिकका ६ वटा गाडीलाई पनि ठक्कर दिएकाे कास्की प्रहरीले जनाएकाे छ । दुर्घटनामा अर्का १ जना घाईते भएकी छिन् ।
दुईजना घाईते भएकाेमा गुरुङकाे मेट्राेसिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएकाे प्रहरी प्रबक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया