सम्पादक पौडेल नगदसहित सम्मानित

मण्डनदेउपुर – काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १० माझी गाउँमा रहेको बिन्धबासिनी माध्यमिक बिद्यालय ४४ बर्षमा प्रवेश गरेको छ । बिद्यालय प्राङ्गणमा शुक्रवार एक कार्यक्रमको अवसरमा शिक्षा, समाजसेवा, पत्रकारिताको क्षेत्रमा योगदान पुर्याउनु हुने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा मण्डण्देउपुर नगरपालिका वडा न ८ डाइटारमा जन्मनु भएर काभ्रेली पत्रकारितामा सकृय पत्रकार काभ्रे हेडलाईन डटकमको सम्पादक केशवराज पौडेललाई बिन्धवासिनी माध्यामिक विद्यालय र अर्जुन–राधा फाउन्डेसनले सुरुवात गरेको अर्जुन–राधा बिन्धवासिनी पत्रकारिता सम्मान २०७८ बाट नगद पाँच हजार सहित सम्मान गरेको हो ।  उहाँ गोरखापत्र दैनिक डेक्समा रहेर पनि पत्रकारितामा सकृय हुनुहुन्छ ।
त्यस्तै सेवा निवृत्त हुनु भएका र विद्यालयमा अध्यापन गराएर अयन्त्र सरुवा हुनु भएको शिक्षकलाई समेत सम्मान गरिएको थियो ।
सम्पादक सहित सम्मानित हुनुहुने सबै प्रती काभ्रे हेडलाईन डटकम परिवारको तर्फबाट हार्दिक शुभकामना एवं बधाई ज्ञापन गर्दछौ ।

तपाईको प्रतिक्रिया