प्रगतिको पथमा बागमती

बागमती ईङ्गलिश बोडिङ स्कुल बनेपाको २६ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बार्षिकोत्सव अभिभावक दिवस तथा दीक्षान्त समारोह कार्यक्रम बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा तथा विद्यालयका सञ्चालक समितिका अध्यक्ष प्रताप वैद्यको सभापतित्वमा भएको हो ।
प्रिन्सिपल दिपेन्द्र बिष्टले बार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्नुभयो । विद्यालयले विद्यार्थीहरुको ब्यक्तित्व विकास र नेतृत्व विकासका लागी विभिन्न अतिरिक्त कक्षाहरु सञ्चालन गर्दे आएको प्रतिवेदनमा उल्लेख छ ।
विद्यालयले २०८१ को एस ई ई मा विज्ञान विषयमा जिल्लामा प्रथम भई सबै जनाले ४ जिपिए ल्याएको, विभिन्न कार्यक्रममा उत्कृष्ट हुदै आएको, विद्यार्थीहरुको गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेको उहाँले दाबी गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथी शाक्यले बनेपा नगरपालिकाले नगर भित्र रहेका विद्यालयहरुमा पढाउने कक्षा १ देखी ८ को बनेपाको चिनारीमा पढाई हुने र कक्षा ७ र ८ मा नैतिक शिक्षा विषयमा पढाउने बताउनुभयो ।
कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ८ की अध्यक्ष शुभलक्ष्मी मानन्धर, प्याब्सन अध्यक्ष श्याम बहादुर भुजेल लगाएतले मन्तब्य राख्नुभयो । कार्यक्रममा कक्षा यु केजीका ४८ जना विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो भने विद्यालयले सञ्चालन गरेका विभिन्न अतिरिक्त कार्यक्रममा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया