नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउने संकल्प बोकेर काभ्रेको महाभारत गाउँपालिकामा एमालेमा प्रवेश गर्नेको लहर नै आएको छ । नेपाली कांगेस, नेपाली कम्युनिष्ट पार्टी लगायत विभिन्न दल त्यागेर दर्जनौं नेता कार्यकर्ता एमाले प्रवेश गरेसँगै एमालेको जित सुनिश्चित जस्तै भएको एमालेले दाबी गरेको छ ।
नव प्रवेशीलाई एमाले केन्द्रिय सदस्य एवं काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित लामा, समानुपातिक उम्मेदवार इन्द्र तामाङ, पुर्व मन्त्री चन्द्र लामा, बागमती प्रवेश कमिटी सदस्य दिलिप लामा, राकेश लामा र चन्द्र लामा, जिल्ला कमिटी उपाध्यक्ष देवसागर लामा, एमालेका नेता जेनिश लामा लगायतले स्वागत गरेका छन् । महाभारत गाउँपालिका–८ घर्तिछापमा आयोजित घरदैलो अभियानका क्रममा घनश्याम आले एमाले प्रवेश गरेका छन् । उनी एमाले विभाजन अघि क्षेत्रीय कमिटी उप–सचिव थिए । नेकपा विभाजन भएपछि समाजवादी पार्टीका महाभारत गाउँपालिका कमिटी अध्यक्षको जिम्मेवारीमा थिए । समाजवादी र माओवादीको एकतापछि नेपाली कम्युनिष्ट पार्टीमा क्रियाशिल थिए । घनश्याम आलेसँगै कोपिला आले, जानकी आले, टंकबहादुर आले, पञ्चलाल जर्घा, गुणमाया अस्तानी, लोकमाया जर्घा, सुकमान घलान, देवराज घिसिङ, विकमान वाइवा, रमेश लामा, समर्पण वाइवा, लोकमाया जर्घा, जित बहादुर सिंतान, नेत्रबहादुर दर्लानी र सुरेश थिङ एमाले प्रवेश गरेका हुन् ।
यसअघि महाभारत गाउँपालिका–२ मा भएको कार्यक्रममा धनकाजी मोक्तान, मान बहादुर घिसिङ र धन बहादुर घिसिङ एमाले प्रवेश गरेका थिए । महाभारतमा एमाले प्रवेशको लहरले एमाले उत्साहित बनेको छ । महाभारत गाउँपालिकामा आईतबारबाट घरदैलो अभियान सुरु भएको हो । खानीखोला गाउँपालिकामा घरदैलो कार्यक्रम सम्पन्न गरेर एमाले आज महाभारत प्रवेश गरेको हो । खानीखोलामा आम मतदाताले देखाएको उत्साहले ठुलो मतान्तर बोकेर आउने निश्चित भएको एमाले नेता शेखर लामाले जानकारी दिनुभयो । खानीखोलाले एमालेको विजयको यात्राको सुनिश्चित गर्ने उहाँको दाबी छ ।
महाभारतमा एमाले प्रवेशको लहर, उम्मेदवारसँग टिका लगाएर गरे पाटी प्रवेश
2026-02-16T08:02:20+05:45

तपाईको प्रतिक्रिया