
सयांै विद्यार्थी, सयौ अभिभावक र दर्जनौ शुभचिन्तक र सहयोगीलाई साक्षी राख्दै आफ्नो एक बर्षको प्रगतिको कथा एभरेष्ट एकेडेमी बनेपाले सार्वजनिक गरेको छ ।
स्मार्ट प्यालेस बनेपामा भव्य समारोहका बीचमा आफू अब्बल, सक्षम, योग्य र प्रतिस्पर्धी रहेको सन्देश बोकेर सर्वाेच्च शिखर सगरमाथा माउण्ड एभरेष्टको जस्तै उचाई छुँदै गएको प्रमाण बनेपाको एभरेष्ट एकेडेमीले प्रस्तुत गरेको हो ।

राष्ट्रभक्तले भरिएको सृजना, एक साता लामो खेलकुद सप्ताहपछिको उत्साह र उमङ्ग उत्कृष्ट अध्यापन र समावेशिता रहेको अभिभावक दिवसले बनेपामा पनि काठमाडौ उपत्यकाका स्कुलसँग प्रतिस्पर्धा गर्ने हैसियत बोकेका विद्यालय छन् भन्ने प्रमाणित गरेको हो ।
एभरेस्ट एकेडेमी बनेपाको अभिभावक दिवस, किन्डर गार्टेनको दिक्षान्त समारोह, एसईई २०८१ मा उर्तिण विद्यार्थीहरुलाई सम्मान तथा विदाई, स्पोर्टस सप्ताहको समापन र पुरस्कार वितरण समारोह भव्य पर्व जस्तै भएको थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुन्दर थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्याब्सनका उपमहासचिव भिमसेन केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी भिमसेन केसीले निजी क्षेत्रबाट संचालित विद्यालयहरुले राष्ट्रका लागि पु¥याएको योगदान, शैक्षिक गुणस्तर र योग्य नागरिक उत्पादनमा खेलेको भूमिकाको चर्चा गर्दै एभरेष्ट एकेडेमीका शैक्षिक कार्यक्रम विद्यार्थीहरुलाई असल र चरित्रवान बनाउने रहेको बताए । ‘एभरेष्ट नाम जस्तै उच्च र गौरवपूर्ण शैक्षिक संस्था हो’–उहाँले भन्नुभयो, ‘एभरेष्टबाट उत्पादन भएका विद्यार्थीहरु समाजमा स्थापित र असल नागरिक रहेका छन् ।’
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुन्दर थापाले अभिभावकहरुलाई समेत शिक्षित हुने गरी बालबालिकाहरुलाई शिक्षा प्रदान गर्ने कार्यक्रम संचालन गरिरहेको दाबी गर्नुभयो । अनुशासनमा रहेका र सरसफाईमा ध्यान दिने विद्यार्थीहरुलाई अझै प्रोत्साहन गर्ने, अन्य विद्यार्थीहरुलाई समेत त्यस तर्फ उन्मुख गराउँदै शिक्षा र स्वास्थ्यमा समेत बालबालिकाहरुलाई ध्यान दिन लगाउने र आफ्नो काम, कर्तब्य र अधिकार बोध गराउने वातावरण निर्माण गरेको अध्यक्ष थापाले उल्लेख गर्नुभयो ।
विद्यालयका प्रिन्सिपल अर्जुन थापाले एभरेष्ट एकेडेमीले समुदायमा प्रविधि सहितको गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो ।

‘विद्यालयले प्रविधि सहितको शिक्षा, अनुशासन सहितको असल नागरिक उत्पादनमा ध्यान दिएको छ’–प्रिन्सिपल अर्जुन थापाले उल्लेख गर्दै भन्नुभयो ‘असल र नैतिकवान विद्यार्थी उत्पादन गरी समुन्नत समाज निर्माणमा योगदान दिन निरन्तर सक्रिय छौं ।’
प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलले अभिभावकलाई पनि छोराछोरीको पढाईमा ध्यान दिन अनुरोध गर्नुभयो । उहाँले संस्थागत विद्यालयले शिक्षा विकासमा टेवा पु¥याएको बताउनुभयो ।
कार्यक्रममा शीर मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.हेक्टर गायरस, प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, प्याब्सन जिल्लाका पदाधिकारीहरु, नगरका पदाधिकारीहरु, बनेपा नगरपालिका वडा नं ५ का अध्यक्ष बलराम अधिकारी, विद्यालयकी लेखापाल सुमित्रा अम्गाई, सिनियर भाईस प्रिन्सिपल विकास मानन्धर, भाईस प्रिन्सिपल कविराज न्यौपाने, सिनियर पास्टर एम पुरी, पास्टर कुमार अधिकारी, पास्टर तारामणी प्रसाई, अभिभावक एवं शुभचिन्तक धर्मभक्त प्रधान, अभिभावक प्रतिनिधि जेम्स बिष्ट, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । त्यस्तै प्रि प्राईमरी इन्चार्ज सुनिता पराजुली, प्राईमरी इन्चार्ज रमिता श्रेष्ठ, विएलई इन्चार्ज दिपक कार्की, अस्पतालका मानवश्रोत विभाग प्रमुख उमेश यमन थापा, संचारकर्मीहरु, अभिभावक र विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो ।
सोहि अवसरमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रममा प्रतिभा प्रस्तुत गरेका थिए । एसईई उर्तिणहरुलाई सम्मान सहित विदाई गरिएको थियो । खेलकुद सप्ताहमा आयोजित विभिन्न विद्याका उत्कृष्टहरुलाई पुरस्कार वितरण गरिएको थियो । साथै किन्डर गार्टेनमा उत्र्तिणहरुलाई दिक्षित गरिएको थियो । विद्यालयले आफू अब्बल रहेको प्रमाणित गरेको भन्दै अभिभावक पनि खुसी हुनुभएको छ ।

तपाईको प्रतिक्रिया