
बनेपा÷अभिभावकको विश्वासलाई सदैव प्रमाणित गर्दै योग्य र ईमान्दार नागरिक उत्पादनमा कृयाशिल रहेको प्याब्सनको सदस्य विद्यालय विद्यासागर अङ्ग्रेजी माध्यामिक विद्यालयका नर्सरीदेखि कक्षा दशसम्मका विद्यार्थीले विद्यासागर सधै अगाडी रहेको प्रमाणित गर्ने प्रस्तुती दिएका छन् । विद्यार्थीको प्रस्तुतीले अभिभावकको आँखामा आसु, मुहारमा हाँसो देखिएको छ ।
दुईदिनसम्म चलेको अभिभावक दिवसमा प्रत्येक विद्यार्थीले कुनै न कुनै कृयाकलापमा सहभागी भएका थिए । उनीहरुले देखाएको प्रस्तुती आँखा रसाउने र मुहारमा हाँसो ल्याउने खालको भएको भन्दै अभिभावकले प्रशसा गरेका छन् ।
विद्यालयका प्रिन्सिपल हिरा शर्मा नेपालले विद्यार्थीहरुको आफ्नो कार्यक्रम भएकाले विद्यार्थीहरु आफैले सञ्चालन गरी विभिन्न कार्यक्रमहरु प्रस्तुत गरेका थिए । हरेक प्रस्तुतीका लागि विद्यार्थीले उद्घोष गरेका थिए भने सबै सेडुयल विद्यार्थी आफै गरेको नेपालले बताउनुभयो ।
आफ्ना अभिभावकहरुलाई सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गरेका थिए । विद्यालयले हरेक वर्ष विद्यार्थीरुलाई सिपमुलक नैतिक शिक्षा, संस्कृती, आफ्नो परम्परा, संस्कार युक्त शिक्षा दिदै आएकोमा अभिभावक खुसी देखिएका छन् । डिजी स्कुल, निभिड, हस्तलेखन सुधार, प्ले नेपाल, कारखाना, रेबोटिक्स, ईन्स्पायर एजुकेशनले विद्यार्थीले मात्र खुसी भएका छैनन् अभिभावकको पनि मन जितेको हो ।
विद्यर्थीहरुले पढाईमा सिकेका कुरालाई ब्यबहारमा उतारी शैक्षिक प्रर्दशनी, उक्त प्रर्दशनीमा लोप हुन लागेका, परम्परा, संस्कृतीका विषयहरु समाबेश गरिदै आएको, आमा–बुबाको मुख हेर्ने परम्परा, कन्या पुजा लगाएतका लोप हुदै गएका परम्परालाई विद्यार्थीहरुलाई सिकाउँदै आएको प्रिन्सिपल हिरा शर्मा नेपालले जानकारी दिनुभयो । नर्सरी देखी कक्षा ४ सम्म १ गते कक्षा ५ देखी १० सम्म २ गते अभिभावक दिवस मनाएको हो ।
विद्यासागर सधै अगाडी, विद्यार्थीको प्रस्तुतीले अभिभावककोे रसाए आँखा, मुहारमा खुसी
2026-02-15T20:39:14+05:45

तपाईको प्रतिक्रिया