काभ्रे क्षेत्र नं १ का एमाले उम्मेदवार अमित लामाको डाडाँपारिको कफीको बजारीकरण गर्ने प्रतिबद्धता

नेकपा एमाले काभ्रे क्षेत्र नं। १ का उम्मेदवार अमित लामाले खानीखोला गाउँपालीकामा उत्पादन भएको कफिलाई बजारीकरण गर्ने घोषणा गर्नु भएको छ ।

आगामी फागुन २१ गते हुने आसन्न निर्वाचनको घरदैलो कार्यक्रममा बोल्दै लामाले खानीखोलालाई कफिको पकेट क्षेत्र बनाउने तथा बजारीकरणमा सहज गर्ने बताउनु भएको हो ।

उहाँले काभ्रे क्षेत्र नं। १ को समग्र विकासमा जोड दिने बताउनु भएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारलाई पहिलो प्राथमीकतामा राखेर काम गर्ने बताउनु भएको छ ।
कार्यक्रममा काभ्रे क्षेत्र नं। १ का समानुपातिक उम्मेदवार इन्द्रबहादुर लामा, सविधानसभा सदस्य रामहरि सुवेदी, पूर्व मन्त्री चन्द्र लामा लगाएतका नेताहरूको उपस्थिति रहहेको थियो ।

तपाईको प्रतिक्रिया