झिगु सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कुल बचत सङ्कलन आठ करोड २६ लाख ५८ हजार रुपैयाँ पुगेको छ । श्रमिक वर्गको सहकारीका रूपमा रहेको संस्थाको १९औँ वार्षिक साधारण सभामा प्रस्तुत विवरणअनुसार शेयर पुँजी ९७ लाख २७ हजार रुपैयाँ र कर्जा लगानी सात करोड २८ लाख ९० हजार रुपैयाँ रहेको छ ।

संस्थाका अध्यक्ष बुद्धरत्न मानन्धरको अध्यक्षतामा सम्पन्न साधारण सभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन सचिव दीपा मानन्धरले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष नवराज मानन्धरले र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन बुद्धकाजी मानन्धरले प्रस्तुत गर्नुभएको थियो ।
सभामा संस्थाका उपाध्यक्ष टीकाराम मानन्धरले स्वागत मन्तव्य राख्नुभएको थियो । 
साधारण सभाका अवसरमा उत्कृष्ट बचतकर्ता, शेयर सदस्य, ऋणी, बाल बचतकर्ता तथा ज्येष्ठ सदस्यलाई सम्मान गरिएको थियो ।
श्रमिक वर्गलाई लक्षित गरी सञ्चालनमा रहेको संस्थाले सदस्यको बचत सङ्कलन तथा कर्जा लगानीमार्फत आर्थिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया